November 28, 2020, Saturday
२०७७ मंसिर १४

प्रचण्डलाई केपिका प्रेस सल्लाहकार सुर्य थापाको यस्तो गम्भीर आराेप

378

शुक्रबार नेकपाकाे सचिवालय बैठकमा नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनले नेकपा भित्रकाे विवादकाे आगाे झन दन्किएकाे छ ।

प्रधानमन्त्री समेत रहेका केपि शर्मा ओलीलाई घाेचपेच र पाटी प्रति जिम्मेवार नभएको भन्दै बढि दाेष लगाएर प्रचण्डले एकलौटी प्रतिवेदन पेश गरेको भन्दै केपि पक्षधरहरु नराम्रो सँग आक्राेशित बनेका छन । प्रचण्डको उक्त प्रतिवेदनकाे बिरुद्धमा सामाजिक सञ्जाल मार्फत नेकपाका तथा केपि आेली पक्षका नेताहरूले प्रचण्डलाई उक्त प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेका छन ।शनिबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा केपिका विश्वासिला पात्र मानिने शंकर पाेखरेलले उक्त प्रस्ताव पेश गर्नुले पाटी विभाजनकाे नजिक पुगेकोले तत्काल फिर्ता लिन अनुरोध गरेको धारणा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि नेकपा विवाद झन छताछुल्ल भएको छ ।

शनिबार दिनभर फेसबुकमा एकपछि अर्को प्रतिक्रियाहरु सार्वजनिक भैरहेका छन ।यसै विच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रचण्डले उक्त प्रस्ताव फिर्ता नलिए पाटीका कुनै पनि गतिविधिहरु अगाडि बढन नसक्ने चेतावनी दिएका छन ।प्रचण्डलाई गम्भीर आराेप लगाउदै थापाले तत्काल फिर्ता नलिए पाटी विभाजन हुन सक्ने संकेत समेत गरेका छन ।उनको सामाजिक सञ्जालमा व्यक्त धारणा यस्तो छ :

अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनाेमानीपूर्ण ढंगले बाँडेकाे अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमकाे पुलिन्दा र तथ्यकाे नांगाे भ्रष्ट्रीकरण हाे ।

यस्ताे लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षकाे सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेकाे निर्णयकाे याे ठाडाे उल्लंघन हाे । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेकाे हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।

Recent Update