November 29, 2020, Sunday
२०७७ मंसिर १४

२४ घण्टामा १ हजार ४ सय ७७ जना संक्रमित ,२ हजार ७ सय ९८ जना डिस्चार्ज 

213

नेपालमा विगत २४ घण्टामा थप १,४७७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा  २ हजार ७ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन्।

सो अवधिमा देशभरि ६,४७६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख दश हजार नजिक पुगेको छ।

Recent Update