मनाेज डाँगी /रुकुम पश्चिम
रुकुम पश्चिमकाे सदरमुकाम मुसिकाेट खलंगा १ स्थित सल्ले क्षेत्रमा काेराेना संक्रमित फेला परेपछि निषेधाज्ञा जारी गरिएको छ। सल्लेमा २ जना संक्रमित फेला परेपछि निषेधाज्ञा जारि गरिएको हाे ।
उक्त क्षेत्र थप संक्रमण फैलिन नदिनकाे लागि जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान १० बजे बाट लागू हुने गरि उक्त क्षेत्र सिल गरेको जनाएको हाे ।
सल्लेकाे चार क्षेत्र मुलखाेला,गुजेलढुङा ,सल्लेकाे माथि डाँडा ,सल्ले विमानस्थल (उडान बाहेक) लगाएतका क्षेत्र रहेका छन ।
निषेध गरिएको समयमा अत्यावश्यक बाहेक अरु गतिविधि तथा सवारीसाधन ,आवतजावत पुर्ण रुपमा बन्द रहने जनाइएको छ ।उक्त समयमा पुर्ण रुपमा नियम पालना गर्न अटेर गरे कार्वाही गरिने प्रशासनले जनाएको छ ।