December 1, 2020, Tuesday
२०७७ मंसिर १६

साउदीमा राहदानी नवीकरण २ ठाउँबाट हुने, दमाम र जुवेलमा अस्थायी कार्यालय

564

कोरोना महामारीका कारण नेपाली श्रमिकहरुलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ ।खबरहव

दूतावासले एक सूचना जारी गर्दै साउदीको राजधानी रियाद भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी कार्यालय राखेर सेवा दिन लागेको जनाएको छ ।

दूतावासका अनुसार राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आगामी ४ डिसेम्बरमा दमाममा र डिसेम्बर ११ मा जुवेलमा अस्थायी कार्यालय सञ्चालन गरि सेवा दिन लागेको जनाएको छ ।

अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने जनाएको छ । साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकाहरुलाई पहिलो प्राथमिकता दिइने समेत दूतावासले जनाइएको छ ।

Recent Update