January 20, 2021, Wednesday
२०७७ माघ ७

रुकुम पुर्वमा जाग्यो भुमिगत समुह ,७४ बर्षका बृद्धमाथी आक्रमण

8.2K

साे समुह बाट कुटपिट भइ घाइते भएका ७४ बर्षका रण बहादुर घर्तीमगर

रुकुम पुर्वका केही गाउँमा भुमिगत समुहले फेरि आतंक मञ्चाउन थालेको छ ।आठ नौ बर्ष अघि मंगोल नेशनल आर्मीको नाममा आतंक मञ्चाएको समुह त्यो समुह फेरि सकृय भएपछि स्थानीय जनजीवन त्रसित बनेको छ ।अदृश्य रुपमा विकासे योजना ,ठेक्का तथा व्यापारी र सरकारी कर्मचारी बाट करिब दुई बर्ष यता चन्दा असुल्दै आएको समुहले पछिल्लो समय गतिविधि थप खुल्ला रुपमा अगाडी बढाएको स्रोतले बताएको छ ।

चन्दा र कमिसन नदिए जे पनि गरिदिने उक्त समुहको धम्कीको कारणले पिडितले सुरक्षा निकाय समक्ष उक्त जानकारी समेत गराउन सकेका थिएनन ।साविकको जाङ गाविस वडा नम्बर दुई हालको पुथा उत्तरगंगा गाउँ पालिका वडा नम्बर ७ खाराखोला क्षेत्रमा यो समुहको गतिविधि बाट स्थानीयहरु बढि पिडित बनेका छन । गएको कात्तिक २९ गते राति ८ बजेको समयमा उक्त अज्ञात समुहले सोहिका स्थानीय पुर्व प्रधान ७४ बर्षका रण बहादुर घर्तीमगरलाई गम्भीरतापूर्वक कुटपिट गरि घाइते बनाएका छन ।

गम्भीर घाइते रण बहादुरको हाल दाङको गोर्खा अस्पतालमा उपचार भैरहेको छ ।घरमै सुतेको अवस्थामा आक्रमणकारीहरुले लाठी ,हम्बरले रण बहादुर माथि आक्रमण गरेका थिए ।आक्रमण बाट रण बहादुरकि छोरि र बुढि पनि घाइते भएका छन ।केही बर्ष अगाडि हातहतियार खरखर्जना अन्तर्गत तथा प्रहरी चौकि आक्रमण लगाएत विभिन्न अपराधी गतिविधिमा संलग्नताको आरोपमा पक्राउ परि जेल सजाय भोगेर निस्केका उपेन्द्र घर्ती मगरको नेतृत्वमा आक्रमण भएको स्थानीयबासीहरु बताउछन ।

उक्त दिन रण बहादुर माथि आक्रमणको योजना बुनेर जिल्ला बाहिर बाट अपरिचित केही व्यक्ति उपेन्द्र घर्तीमगरको सुरक्षागार्ड चक्र बहादुर घर्ती (चामे) गाउँ पसेको प्रतिक्षदर्शि स्थानीयबासि बताउछन् ।उपेन्द्र घर्तीमगरले रण बहादुर सँग जग्गा मागेका थिए नदिए ज्यान मार्ने धम्की दिदै आएको स्रोत बताउँछ ।

हाल उपेन्द्र भुमिगत रुपमा आफ्ना गतिविधि संचालन गर्दै आएका छन ।गाउँमा दर्जन बढिलाई उनले चन्दा भने जति नदिए ज्यान मार्ने धम्की दिदै आएका छन ।रण बहादुर माथिको आक्रमण पछि गाउँमा त्रास बढेको र जनजीवन प्रभावित बनेको छ ।उपेन्द्रका कार्यकर्ताहरु गाउँमा धम्काउने र उपेन्द्रलाई रिपोर्टिङ गर्ने गर्छन् ।गोप्य स्रोतका अनुसार वडा सदस्य चित्रा कुमारी घर्तीले उपेन्द्रलाई गाउँका सबै खवर पुर्याउछिन ।

चित्राकै संलग्नतामा उपेन्द्रले गाउँमा फिल्ड निर्माणको लागि आएको १६ लाख बजेट एक रुपैया अरुलाई नदिए हिनामिना गरेको आरोप छ ।उपेन्द्र कि श्रीमती आसुति मगरलाई उक्त आयोजनाको उपभोक्ता समिति अध्यक्ष बनाई एक पैसा पनि न मजदुर न अरु भएको खर्च केही नदिएर उपेन्द्रले लिएका थिए ।उक्त बिषयमा रुकुम पुर्वको जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपनि प्रशासनले पालिका हुदै वडामा पठाए पछि यो बिषय पनि सामसुङ बनेको छ । सिमित गाउँलाई केन्द्र बनाएर सुरु गरेको उपेन्द्रको गतिविधि देशभर फैलिरहेको छ ।गृहमन्त्रालय मातहत नेपाल प्रहरीले प्रतिबन्धित नेकपालाई मात्रै बढि केन्द्रित भएर निग्रानी गरिरहदा यो समूह थप सकृय भएको हो । गाउँमा झगडा मिलाउने,सम्बन्ध विच्छेद जस्ता काम गराउने र पैसा उठाउने ,गाउँमा बनेका भौतिक संरचनाहरु भत्काउने जस्ता गतिविधि पनि यो समुहले गर्दै आएको छ ।

उपेन्द्रले आर्थिक संकलनको स्रोत मुख्य आफ्नै गाउँलाई बनाउने र अन्य तयारी जिल्ला बाहिर गर्दै आएका छन ।अदृश्य रुपमा धम्काएको कुरा सुरक्षा निकायले पनि खोजि नगर्ने र उपेन्द्रले धम्काइ रहने हुदा केही गाउँलेहरुले गाउँ समेत छाडेका छन । जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले सुरु देखि नै उपेन्द्रको निग्रानी बढाएको भएपनि उ जिल्लामा नदेखिएको बताएको छ । हामीले नागरिकलाई शान्ति सुरक्षाको अनुभुति गराउन प्रहरीको उपस्थिति क्रियाशिल बनाएका छौ त्यस्तो कुनै खाले गतिबिधिहरु नभएको एक प्रहरी अधिकारीले जनाए । रण बहादुर माथी कुटपिट भएको कुरा कसले हो खोजविनको क्रममा रहेको प्रहरीले बताएको छ ।

उपेन्द्र घर्तीमगरको पृष्ठभूमि

उपेन्द्र साविकको जाङ गाविस वडा नम्बर २ खारखोला निवासी पुर्व लाहुेरका छोरा हुन । उनले विगत देखि नै विभिन्न हिंसात्मक गतिबिधीहरु संचालन गदै आएका थिए । आज भन्दा ८ बर्ष अगाडी मंगोल नेशनल अर्गानाइजेशन नामक पार्टीमा आवद्ध थिए । यो पार्टी निर्वाचान आयोगमा दर्ता भएको पार्टी हो । त्यही पार्टीको केन्द्रिय सदस्य बताउने उनले त्यतिबेला देशका विभिन्न ठाँउहरुमा मगर युवाहरुलाई तालिम दिने र वाहुन जातीहरुलाई आक्रमण गर्ने योजना बनाएका थिए । उक्त योजना प्रहरीले थाहा पाएपछि त्यतिबेला रुकुमको सल्ले बाट करिव १५ लाख बराबरको कम्ब्याड पोशाक र उसको लडाकुको विभिन्न दर्जेनी चिन्हहरु सहित अन्य सामाग्री बरामत गरी हिरासतमा राखेको थियो ।

केही समय हिरासत बसेका उनी धरौटीमा रिहाइ भएका थिए । रिहाइ पछि लामो समय सम्म भुमिगत भएका उनले रोल्पा ,सिन्धुपाल्चोक लगाएका ठाउँमा प्रहरी चौकि आक्रमणको तयारी गरिरहेको समयमा प्रहरीले मुद्दा चलाएको थियोे । उक्त मुद्दा मा जेल बसेर उनी दुई बर्ष यता पुरानै गतिविधि ब्युझाउने कार्यमा तल्लीन रहेको स्रोत बताउछ । पहिलाको पाटी मंगोल नेशनल अर्गानाइजेशन बाट अलग भएर उस्तै मंगोल नेशनल पाटी गठन गरेर उनले भुमिगत गतिबिधीहरु संचालन गरेका छन ।

मकवानपुरको फापरबारीमा तालिम केन्द्र

उपेन्द्रले विगत झै आफ्नो संख्या बढाएर फेरि आतंक मञ्चाउने तयारी गरेको बुझिन्छ ।विगतमा पनि उनले गाउँ गाउँ बाट मगरयुवाहरु जम्मा गरि तालिम दिएर लुटपाट मञ्चाउने योजना बनाएका थिए ।अहिले पनि उनले जिल्ला बाहिर आफ्नो गतिविधि बढाइरहेको स्रोतले पुष्टि गर्छ ।उपेन्द्रले संखुवासभा ,धादिङ ,सिन्धुपाल्चोक ,बागलुङ ,मकवानपुर लगाएका जिल्लाका केही युवाहरू हातमा लिएर त्यहा सञ्जाल विस्तार गरिरहेका छन ।अझ त उनले मकवानपुरको फापरबारी भन्ने ठाउँको पहाडमा बेला बेला सैन्य तालिम समेत दिने गरेको बताइन्छ ।उपेन्द्र प्राय काठमाडौको किर्तिपुर क्षेत्रमा लुकिछिपि बस्दै आएको स्रोतको दावि छ ।