October 20, 2020, Tuesday
२०७७ कार्तिक ५

लायन्स फुड बैंक स्थापना गरि राहत बाँड्दै लायन्स क्लब ३२५

345

अभाव र संकटमा परेका मानिसहरू लाई लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानले राहत वितरण तथा सहयोग कार्य थप बढाएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानले फुड बैंक नै सञ्चालनमा ल्याएर सहयोग गर्दै आएको छ ।

लकडाउनको अवधिमा दैनिक श्रमका आधारमा रोजीरोटी गरी खाने समुदाय भोकभोकै वस्ने अवस्था आएपछि राहत दिन फुड बैंक स्थापना गरिएको हाे ।लायन्स फुड बैंकले अभाव तथा समस्यामा परेका आश्रय स्थलहरु, दैनिक ज्यालादारी गर्ने श्रमिक लगायत खाद्यान्न अभाव भएका स्थानहरुमा खाद्यान्न सहयोग गर्दै आएको छ ।

फुड बैंकमा विभिन्न क्लबहरुले सहयोग गर्दै आएका छन । हालसम्म ३५ लाख रुपैयाँ जम्मा गरेर देशका विभिन्न ४० ठाउँमा राहत वितरण गरिएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानका निवर्तमान गभर्नर अनन्तप्रसाद भेटवालले जानकारी दिए ।

केही संघसंस्थालाई परिस्थिति र आवश्यकता हेरेर ३ महिनासम्म पुग्ने खाद्यान्न वितरण गरिएको भेटवाले बताए ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानले फुड बैंकको अभाव र संकटमा परेका मानिसहरुकाे छाक टराेस भन्ने उदेश्य राहत वितरणकाे अवधारणा अगाडि सारेको हाे ।

आयाेजकले अब मजदुर, विचल्लीमा परेकाहरुलाई ठाउँठाउँमा पुगेर १० किलो चामल, एक लिटर तेल, १ केजी नून, २ किलो दाल राहतस्वरुप वितरण गर्ने तयारी गरेको छ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वान सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ । कोरोना भाइरसको जोखिम कम गर्न संस्थाले दुर्गम ठाउँका गाउँपालिकाहरु र स्वास्थ्य संस्थाहरुलाई औषधि र औषधिजन्य सामग्री समेत उपलब्ध गराउँदै आएको छ ।

Recent Update