April 18, 2021, Sunday
२०७८ बैशाख ५

शेष घले द्वारा मेलबर्न इस्टिच्युट अफ टेक्नोलोजीकाे लागि १० लाख डलर सहयोग

144

घले दम्पती

अष्ट्रेलियाका गैरआवासीय नेपाली शेष घले तथा उनकी पत्नी जमुना गुरुङले मेलबर्न इस्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा अध्ययनरत विद्यार्थीका लागि १२ करोड ३० लाख रुपैयाँ (१० लाख अमेरिकी डलर) को सहयोग घोषणा गरेका छन्।

घले सन् २०१८ देखि निरन्तर अष्ट्रेलियाको डलर अर्बपति सूचीमा छन्।अष्ट्रेलियामा कोरोना महामारीपछि विद्यार्थीहरुका लागि निजी स्तरबाट गरिएको यो अहिलेसम्मकै ठूलो सहयोग मध्ये एक भएको संञ्चार माध्यमहरुले जनाएका छन ।

विश्वभरिका विद्यार्थीको केन्द्र एमआईटीमा नेपाली विद्यार्थी समेत अध्ययनरत छन्।अर्बपति सूचीमा रहेका घले दम्पतीले ‘सद्भाव कोष’ नाम दिएर यो रकम आफ्नो निजी खाताबाट प्रदान गर्ने जनाएका हुन्। हालै बसेको एमआईटी बोर्ड बैठकले घले दम्पतीले राखेको आर्थिक सहयोगको प्रस्ताव पारित गरेको छ।