December 4, 2020, Friday
२०७७ मंसिर २०

सुदुरपश्चिमका इन्जिनियरले बनाए कोरोना परिक्षण स्वाब संकलन गर्ने बुथ

2.6K

सुदुरपश्चिमका इन्जिनियरले कोरोना भाइरस संक्रमण लाइ थप विस्तार हुन नदिन आफनो तर्फ बाट पनि सके सम्मको योगदान गर्ने बताएका छन । नागरिकहरु भारत बाट फर्केपछि कोरोनाको उच्च जोखिममा रहेको सुदुरपश्चिमका जिल्लाहरुमा सरकारले गरिरहेको कामलाई सहयोग होस भन्दै इन्जिनियरहरुले कोरोना भाइरस परिक्षण स्वाब संकलन गर्ने बुथहरु विभिन्न जिल्लामा सहयोग गरेको बताएका छन ।

सुदूरपश्चिम विश्व विद्यालयको प्राविधिक सहयोग तथा शशक्तिकरणका क्षेत्रमा युवाहरु(YES NEPAl)साँफेबगर, अछाम र इको अप्रेशन को आर्थिक सहयोगमा सुदुर पश्चिम विश्व बिद्यालय महेन्द्रनगरमा स्वाब संकलन गर्ने ३ वटा बुथ निर्माण गरिएको हो । इन्जिनियरहरु लब प्रसाद जोशी, बिनोद बहादुर पाल र हरिश बोहराको सहजिकरणमा सो कार्य सुरु गरिएको हो । सुदूरपश्चिम विश्व बिद्यालय इन्जिनियरिङ संकायका डिन डा. किसन दत्त भट्ट को सल्लाह ,सुझाब तथा इन्जिनियरिङ संकायको प्राविधिक सहयोग र सिभिल इन्जिनियरिङ पाँचौ सेमेस्टरमा अध्ययनरत बिद्यार्थी लोचन कार्की र बिरेन्द्र बडाल को स्वयंसेवकमा बुथहरु बनाइएको हो ।

बुथ निर्माण लागत प्रति बुथ ८० हजार रुपैयाँ रहेको छ । डाक्टरहरुले अस्पतालमा आएका कोरोनाको बिरामीको नमुना लिने र जाँच्ने काम सुरक्षित होस भन्दै दक्षिण कोरियाले आविष्कार गरेको बुथको डिजाइन अनुसार राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराएको डिजाइन आधारमा बुथ निर्माण गरिएको इन्जिनियर बिनोद बहादुर पाल ले जानकारी दिए ।यस्तो अवस्थामा स्वाब संकलन गर्ने बुथ बनाउनु धेरै राम्रो कार्य भएको र सुदूरपश्चिमका सबै अस्पतालहरुमा यसको आवश्यकता रहेको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी बताउछन ।

कोरोना भाइरस द्वारा संक्रमित रोगीको स्वाब नमूना संकलन गर्ने यो सबै भन्दा सुरक्षित तरिका मानिएको छ । बुथमा एक्ज हस्ट फ्यान, रिमुभेवल ग्लोभ्ज,एअर टाईट सिस्टम र नाईट लाईट लगायतको ब्यबस्था गरिएको छ । आवश्यकता अनुसार बुथहरु बिभिन्न जिल्लामा पठाइने छ । कन्चनपुर, कैलाली र अछाम जिल्लाको अति आवश्यक ठाँउमा पठाइने जानकारि इन्जिनियर बिनोद बहादुर पालले दिए । केहि ठाँउमा वितरण भैसकेको र अन्य ठाँउमा पनि चाडै वितरण हुने पालले जानकारि दिए ।

Recent Update