January 20, 2021, Wednesday
२०७७ माघ ७

रुकुमको आठबिसकाेटमा जीप दुर्घटना, चार जनाको निधन

678

मनाेज डाँगी /रुकुम पश्चिम

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका ८ दाजेमा जन्ति बाेकेकाे जिप दुर्घटना हुदा चार जनाकाे घटनास्थलमै ज्यान गएको छ ।

आज साँझ राडिबजार बाट जन्ति बाेकेर गएको रा १ झ ५८९ नम्बरकाे जीप राेकेर राखेको समयमा चिप्लिएर दुर्घटना भएको स्थानीयबासिले बताएका छन। गाडी बाट मान्छेहरु झर्दै गरेको समयमा आज साझ 7:45 बजेको समयमा ८ नम्बर वडाको दाजेमा गाडी दुर्घटना भएको हाे ।

घटनामा परेर १ जना घाइते भएका छन ।मृतकहरु वडा नम्बर ८ र ७ का रहेका छन ।प्रहरी घटना स्थल भर्खरै पुगेकाे हुदा थप विवरण आउन बाँकी छ ।