January 16, 2021, Saturday
२०७७ माघ ३

रुकुम पश्चिम जीप दुर्घटनामा ज्यान गुमाउनेकाे परिचय खुल्यो

287

मनाेज डाँगी /रुकुम पश्चिम


रुकुम पश्चिम । शुक्रबार साँझ जिप दुर्घटनामा परि ज्यान गुमाउनेहरुको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार गाडि दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा रुकुम पश्चिम जिल्ला, आठबिसकोट नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजी बर्ष ५१ को कलीभान नेपाली, सोहि ठाउ नीवासी अन्दाजी बर्ष ४८ का आईते चनारा, अन्दाजी बर्ष ५१ का गोरे नेपाली, बर्ष ६६ को सार्के नेपाली, रहेका छन् । घाइतेहरु रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजी बर्ष ५८ का लाल बहादुर नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार ८ः३० वजेको समयमा आठबिसकोट न.पा. वडा नं. ०८ दाजेबाट १०÷१२ जना जत्ती बोकेर । रा १ ज ५८९ नंवरको ट्याक्सी सोही पालिकाको वडा नं. १० घारीखोलाबाट फर्किने क्रममा दाजे भन्ने स्थानमा अचानक सडकदेखि अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको थियो । दुर्घटनामा परी ४ जनाको घटनास्थलमा ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीका अनुसार–दुर्घटना भएको गाडिका चालक आठविसकोट ९ बस्ने अन्दाजी बर्ष २७÷२८ को डिल्ली बहादुर नेपाली फरार रहेको जानकारी दिएका छन् । प्रहरी निरिक्षक लाल बहादुर सुनारको कमाण्डमा ११ जनाको टोली घटना स्थालमा खटि उद्धार कार्य गरेको जानकारी आएको छ ।