बिन्दु कुँवर /राेल्पा
राेल्पाकाे सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ अन्तर्गत बाहेखोला भन्ने स्थानको नजिक जिलाखोला दुई वटा शव फेला परेका छन् ।माछा मार्न खाेला गएका बच्चाहरुले उक्त लासहरु देखेर प्रहरीलाई खबर गरेका थिए ।शवहरु नचिने अवस्थामा रहेको सुनिल स्मृति गाउँ पालिका ४ का वडा अध्यक्ष गंन्ज बहादुर क्षेत्रीले जानकारी दिए ।
वडा अध्यक्ष क्षेत्रीका अनुसार एक जना मान्छे मरेको छ भन्ने खबर पाएपछि इप्रका सुलिचौरका प्र. नि को टोलि सहित हामी उक्त स्थान मा पुग्दा अन्दाजी ४०/४२ बर्ष को एक जना पुरुष को सब पुरै नचिनिने किरा परेको अबस्थामा शव भेटियो भने ,उक्त लासको करिब १० मिटरको दुरिमा अर्को लास पनि भेटिएकाे हाे ।
पहिचान गर्ने केही कागजात भेटिएको छैन।घटना स्थलमा एउटा मोबाइल भेटिएको छ।घटनाको अनुसन्धान भैरहेको राेल्पा प्रहरीले जनाएको छ ।ती शवहरु २०/२५ दिन अगाडिकाे हुन सक्ने अनुमान गरिएको छ ।गाउँमा काेहि व्यक्ति हराएको भए खबर गर्न प्रहरीले अनुरोध गरेको छ । उक्त शवमा एकजनाले कम्ब्याट कलरकाे जकेट र अर्कोले राताे कलरकाे जकेट लगाएका छन् ।