October 29, 2020, Thursday
२०७७ कार्तिक १३

काेराेनाकाे उपचारमा दिनरात खटेका डाक्टर शेर बहादुर पुनलाई स्पष्टीकरण

1.1K

डाक्टर शेर बहादुर पुन

कोरोनाभाइरसको उपचारमा दिनरात खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका  वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनसँग सरकारले स्पष्टिकरण सोधेको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुक्रबार पुन संग लिखित स्पष्टिकरण सोधेका हुन्।  स्रोतका अनुसार पुनलाई विभिन्न संचार माध्याममा राखेका धारणामा प्रश्न उठाउदै स्पष्टिकरण सोधिएको छ। ‘हिजो स्पष्टिकरण पत्र आएको छ ।


आईतबारबार स्पष्टिका लागि मन्त्रालय जादैछु’, डा. पुनले  भने, ‘म जापानमा १० लाखको कमाई गरेको मान्छे हो। देशको लागि काम गर्न भनेर आएको हुँ । काम गर्दा यस्तो पुरस्कार दिन्छ भने ठिकै छ ।’

मन्त्री ढकालले पुनलाई केही दिनदेखि मन्त्रालयमै हाजिर गर्न उर्दि  पनि जारी गरेका थिए । सरकारले महामारीका बेला संक्रमण रोग विशेषज्ञलाई नै मन्त्रालयमा जगेडामा तान्ने र स्पष्टिकरण सोधेर चिकित्सकहरुको मनोवल थप कमजोर बनाएको छ। 

पुन लामो समयदेखि टेकु अस्पतालमा सरुवाको उपचारमा क्रियाशिल छन्। उनी नेपालका सिमित संक्रमण रोग विशेषज्ञ मध्य सबैभन्दा वरिष्ठ हुन् । काठमाडौ प्रेस बाट

Recent Update