मनाेज डाँगी /रुकुम पश्चिम
शुक्रबार साँझ रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका ८ दाजेमा जीप दुर्घटनामा घाइते एकजनाकाे पनि उपचारको क्रममा निधन भएको छ ।आठबिसकोट नगरपालिका ८ बस्ने ५८ बर्षका लाल बहादुर नेपालीकाे थप उपचारको लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा निधन भएको प्रहरीले जानकारी दिएको छ ।
उपचारको लागी नगर अस्पताल आठबिसकोट लगिएकोमा थप उपचारको लागी नेपालगन्ज लैजादै शनिबार विहान ३ बजे जाजरकोटको कुदु भन्ने स्थानमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरिक्षक हरि बहादुर ओलीले जानकारी दिएका छ्न ।याे सँगै उक्त घटनामा ज्यान गुमाउनेकाे संख्या पाँच पुगेको छ ।
मृत्युु हुनेमा आठबिसकोट नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजी बर्ष ५१ को कलीभान नेपाली, सोहि ठाउ नीवासी अन्दाजी बर्ष ४८ का आईते चनारा, अन्दाजी बर्ष ५१ का गोरे नेपाली, बर्ष ६६ को सार्के नेपाली, रहेका छन् । घाइतेहरु रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजी बर्ष ५८ का लाल बहादुर नेपाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार ८ः३० वजेको समयमा आठबिसकोट न.पा. वडा नं. ०८ दाजेबाट १०÷१२ जना जत्ती बोकेर रा १ ज ५८९ नम्बरको जीप सोही पालिकाको वडा नं. १० घारीखोलाबाट फर्किने क्रममा दाजे भन्ने स्थानमा अचानक सडकदेखि अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको थियो ।