January 16, 2021, Saturday
२०७७ माघ ३

जागाैँ नेपाल राष्ट्रिय अभियान प्रवास युरोप समिति गठन

256

विदेशमा बस्ने नेपालीहरुकाे पहल र सहभागीतामा जागाैँ नेपाल राष्ट्रिय अभियानले युरोप प्रवासमा पनि समिती गठन गरेको छ। प्रवास केन्द्रिय संयोजक सन्तोष तिमल्सिनाको संयोजकत्वमा सह-संयोजक भोजराज न्यौपाने,सह- संयोजक सुदिप गिरि र सचीव सरस्वती तिमल्सिना खनालकाे संयुक्त अनलाइन बैठकले अमेरिका निवासी हाल पोर्चुजलमा व्यवसायि गर्ने समाजसेवी शक्ति भट्टराई लाई युरोप संयोजककाे जिम्मेवारी प्रदान गरेको छ ।

साथै बैठकले साइप्रसमा रहनुभएको सह-संयोजक समाजसेवी सरिता मल्ल र जर्मनबाट समाजसेवी सुनिल खतिवडा ज्युलाई सदस्य-सचीवको जिम्मेवारी दिएको छ। सम्पन्न बैठकबाट युरोपका विभिन्न देशहरूमा जागौँ नेपाल राष्ट्रिय अभियानको प्रवास शाखाहरु उहाँहरुको नेतृत्वमा खोलिने कुरा प्रवास केन्द्रीय सचीव सरस्वती तिमल्सिना खनालले जानकारी दिइन ।

बैठकले सह- संयोजक सुदिप गिरि बाट प्रवासमा रहेका जागौँ नेपाल राष्ट्रिय अभियानका प्रवासमा बस्ने सदस्यहरुलाई सूचनाको हक सम्बन्धि तालिम दिएको कुरा सह-संयोजक भोजराज न्यौपानेले बताए ।जागौँ नेपाल राष्ट्रिय अभियानले नेपालको सातै प्रदेशमा समिति गठन गर्नुका साथै विश्वका विभिन्न मुलकमा कार्यरत नेपालीहरुसँग हातेमालो गर्दै लैङ्गकिक हिंसा,भ्रष्टाचार,सूचना बेस समाज निर्माण गर्नु अादि विकृतिहरुकाे बिरुद्धमा संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत खबरदारी गर्दै सभ्य र भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्न याे समितिकाे लक्ष्य उदेश्य रहेको छ ।

हाल विश्वका ३० भन्दा बढी देशहरुमा कार्यरत नेपालीहरु अभियानकाे सञ्जालमा आबद्ध भएको बताइएकाे छ र बाकी अन्य देशहरूबाट पनि यस अभियानमा जोडिने क्रम जारी रहेको कुरा प्रवास सह-संयोजक भोजराज न्यौपानेले बताए ।युरोप प्रवास समिति गठन गर्नका लागि प्रवास केन्द्रिय संयोजक सन्तोष तिमल्सिनाको अत्यन्तै ठुलो भुमिका रहेको छ।

उक्त सञ्जालले हालै भर्चुअल बैठक गरि आगामी याेजनाहरु समेत तय गरेको छ। विषेश गरि स्वदेशमा हाेस या विदेशमा हाेस महिला हिंसाका घटना न्युनिकरणकाे लागि पनि सञ्जाल लागि पर्ने सदस्य सचिव सरस्वती तिमल्सिना खनालले जानकारी दिइन। हाललाई जागौ नेपाल राष्ट्रिय युरोप प्रवास विशेष समिति निम्न अनुसार रहेको छ ।

संयोजक- शक्ति भट्टराई (पोर्चुगल)
सह-संयोजक- सरिता मल्ल (साइप्रस)
सदस्य-सचीव-सुनिल खतिवडा(जर्मन)