नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ।
शनिबार दिउँसोबाट बालुवाटारमा सुरू भएको बैठक केहीबेरअघि सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। अब अर्को बैठक मंसिर १६ गते धुम्बाराहीमा बस्ने उनले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा जवाफी प्रतिवेदन पेश गरेका छन्।
अब बस्ने बैठकमा दुबै अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि छलफल गरेर सुझाव दिइने बताइएको छ।
आजको बैठकमा बोल्ने सबैले पार्टीमा गम्भीर समस्या आएको तर पार्टी फुटको दिशामा नजाने निष्कर्ष निकालिएको बैठकमा उपस्थित एक सदस्यले बताए।
अब बस्ने बैठकमा दुबै अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि छलफल गरेर सुझाव दिइने बताइएको छ।