गएको कात्तिक २९ गते घरमै बसेकाे समयमा भुमिगत समुहको आक्रमणमा परेर गम्भीर घाइते बनेका रुकुम पुर्व पुथा उत्तरगंगा ७ का ७४ बर्षका रण बहादुर घर्तीकाे उपचारको क्रममा निधन भएको छ ।
साविकको जाङ गाविस वडा नम्बर दुई हालको पुथा उत्तरगंगा गाउँ पालिका वडा नम्बर ७ खाराखोलाका घर्तीकाे काठमाडौकाे किष्ट अस्पतालमा साेमबार राति १२ बजे निधन भएको हाे ।
घरमै सुतेको अवस्थामा आक्रमणकारीहरुले लाठी ,हम्बरले रण बहादुर माथि आक्रमण गरेका थिए ।गम्भीर घाइते घर्ती लाई दाङ नेपालगन्ज हुदै उपचारको लागि काठमाडौ ल्याइएको थियो ।रण बहादुरकाे छातिमा गम्भीर चाेट थियो ।आक्रमण बाट रण बहादुरकि छोरि र बुढि पनि घाइते भएका थिए ।
आक्रमणमा संलग्न भएको भन्दै पिडितले स्थानीय युवा उपेन्द्र घर्तीमगर,चक्र बहादुर घर्ती (चामे) लगाएतलाइ किटानी जाहेरी दिए पनि हाल सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।ती युवाहरु केही महिना देखि भुमिगत भएको पिडित लक्ष्मि घर्ती बताउछिन् ।
उक्त आक्रमणमा अन्य अज्ञात तीन जना व्यक्तिहरु पनि सहभागी भएको बताइन्छ ।