January 16, 2021, Saturday
२०७७ माघ ३

अज्ञात समूहकाे कुटपिटबाट निधन भएका घर्तीकाे हत्याराकाे कार्वाही माग गर्दै पत्रकार सम्मेलन

560

रुकुम पुर्व पुथा उत्तरगंगा गाउँ पालिका वडा ७ खारखाेला निवासी ७४ बर्षीया रण बहादुर घर्तीकाे कुटपिट पछि मृत्युको घटनाको बिषयमा पिडित परिवारले पत्रकार सम्मेलन मार्फत न्यायकाे माग गरेका छन ।

गत कात्तिक २९ गत्ते राति ८:३० काे समयमा केही अज्ञात व्यक्तिहरुकाे आक्रमणमा परेका रण बहादुर घर्तीकाे कात्तिक १५ गते उपचारको क्रममा किष्ट अस्पताल काठमाडौंमा निधन भएको थियो ।साेहि बिषयमा रिपोर्टस क्लब काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै बाबुका हत्याराहरुलाई समाउने कुरामा राज्य त्यति गम्भीर नभएको भन्दै तत्काल पक्राउ गर्न पिडितपक्षले पत्रकार सम्मेलन गरेका हुन ।पत्रकार सम्मेलनमा बाेल्दै जेठि छाेरी राज कुमारी घर्तीले बुवाले न्याय माग्दा माग्दै ज्यान गुमाउन परेको भन्दै तत्काल कार्वाहीकाे लागि माग गरिन ।

घरमै खाना खाएर आराम गरिरहेकाे समयमा स्थानीय उपेन्द्र घर्ती मगरकाे निर्देशनमा चक्र बहादुर घर्ती (चामे भनिने ) ,लगाएत अन्य चार पाँच जनाको समुहले आक्रमण गरि गम्भीर घाइते बनाएको र बुवाकाे दाङ हुदै काठमाडौ किष्ट अस्पतालमा कात्तिक १५ गते राति १२ बजे उपचारको क्रममा निधन भएको कान्छी छाेरी प्रकृति घर्तीले बताइन ।

हामीले बुवाकाे आक्रमण पश्चात् निज उपेन्द्र घर्ती ,चक्र घर्ती लगाएतलाई कार्वाहीकाे माग गर्दै प्रहरी समक्ष किटान जाहेरी दिएका थियौं तर हाल सम्म उनीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन उनले भनिन् ।

उपेन्द्रले विगत देखि नै भुमिगत तरिकाले उक्त क्षेत्रमा चन्दा आतंक ,लुटपाट ,अपहरण जस्ता गतिविधि संचालन गर्दै आएकाे पिडित पक्षको आराेप छ ।नेपाली काँग्रेस रुकुम पुर्वका जिल्ला सदस्य समेत रहेका रण बहादुर घर्तीकाे उक्त घटनामा काँग्रेस रुकुम पुर्वले पनि विरोध जनाउदै दाेषी माथी कार्वाहीकाे माग गरेको छ ।पत्रकार सम्मेलनमा नेपाली काँग्रेस रुकुम पुर्वका नेताहरू राज बहादुर बुढा,धुर्व बुढा लगाएतकाे उपस्थिति रहेको थियोे ।कार्यक्रम स्थानीय युवा गणेश मल्लले दाेषि माथि कार्वाही गर्न राज्यले अलि चासाे दिनुपर्ने धारणा राखे ।

विज्ञप्ति यस्तो छ ।