January 16, 2021, Saturday
२०७७ माघ ३

रुकुम पश्चिममा ६० बर्षीया महिलाको शव फेला

317

मनाेज डाँगी/रुकुम पश्चिम

रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नं. ९ लेखनार्जी कोलडांडा स्थित गोरेटो बाटोमा एक महिलाको शव फेला परेको छ ।उक्त शव चाैरजहारी नगरपालिका वडा नम्बर ९ कोटजहारी बस्ने वडाका वडाध्यक्ष महेश स्वर्णकारको आमा वर्ष ६० की खिमा नेपालीकाे भएको प्रहरीले जनाएको छ ।

मंसिर १८ गते साेहि नगरपालिकाकाे ६ घर्तिकांडा माइती जान्छु भनि हिडेकोमा आफ्नै घरदेखी अन्दाजी २ किलाे मीटर पुर्व गोरेटो बाटोमा घोप्टो परेको अवस्थामा निजको लास फेला परेको इलाका प्रहरी कार्यालय चाैरजहारीका प्रहरी निरिक्षक कृष्ण डाँगीले जानकारी दिए।

घोप्टो अवस्थामा अपरीचित महिलाको लास छ भनि स्थानीयले प्रहरीलाई शनिबार बिहान खबर गरेका थिए ।उनको निधनकाे कारण भने खुलेको छैन ।