November 28, 2020, Saturday
२०७७ मंसिर १३

नेपाल र चीन विचका कुरा किन हुदैन पूरा ?

696

हाम्रो छिमेकी राष्ट्र, विश्व अर्थतन्त्र तथा शक्ति सन्तुलनमा पनि शक्तिशाली राष्ट्र चीन ।अझ हामी असाध्यै भाग्यमानी नेपाली दक्षिण तिर भारत उत्तर तिर चीन विचमा हामी ।दुबै विश्वका शक्तिशाली राष्ट्र ।सबैभन्दा नजिकैको छिमेकी राष्ट्र भारत कि चीन ? कम्युनिस्ट नेताहरूकाे लागि नजिककाे प्रिय चीन अरुकाे लागि भारत ।तर यथार्थ कुरा चीन भन्दा भारत नेपाली नागरिकको सहजताकाे हिसाबले भारत नै हाेला ।सिधा आवतजावत र सहज ब्यापार सम्बन्धले भारत नजिक हुनु स्वभाविक हाेला ।

उता विश्वकाे अर्थतन्त्रमा दैनिक फड्को मार्दै अगाडि बढिरहेको चीन सग पनि सन्तुलित सम्बन्ध राख्दै नेपालकाे विकास अगाडि बढाउनु पर्ने नेपालकाे बाध्यता पनि हाे । चीनले नेपालका केही महत्त्वपूर्ण घटनाक्रम तथा विकासकाे सन्दर्भमा सहयोगका ठुला ठुला वाचाहरु गर्छ ।नेपाली कम्युनिस्ट नेताहरू पनि चीनकाे भब्य गुणगान गाउदै नेपाली जनता समक्ष आफ्ना मुद्दाहरु अगाडि सार्छन ।

अहिले विश्व चीन बाटै सुरु भएको काेराेना भाइरस महामारी बाट आक्रान्त छ ।नेपाल पनि यसकाे असर बाट थला परेको छ ।चीनले नेपाललाई सहयोग गर्छु भन्छ ।नेपाल स्थित चीनको राजदूतले पनि पत्रकार सम्मेलन गरेर हामी महामारीमा नेपाललाई परेको सबै सहयोग गर्छौ भनेर वाचा गरिन ।
यति धेरै समय भयो महामारी फैलिएको खासमा चीनले नेपाललाई याे विचमा के सहयोग गरेको हाे त ? मलाई लाग्छ वाचा गरे अनुसारको नेपालीको जनजीवनमा खासै प्रभाव पार्ने ठुलो सहयोग केही गरेको जस्तो लागेन ।

धेरैलाई भ्रम हाेला अस्ति नेपाल एयरलाइन्सको जहाज मार्फत त्यति धेरै स्वास्थ सामाग्री आयो त ? मैले बुझे सम्म उक्त स्वास्थ्य सामाग्री जम्मै नेपाललले पैसा आफै तिरेर खरिद गरेको हाे । याे सानाे उदाहरण मात्रै हाे ।चीनले वाचा गरेका नेपालले आशा गरेका धेरै यस्ता कामहरू पुरा नभएर अलपत्र परेका छन ।खासमा चीनको आश्वासन मात्रै हाे या नेपालकाे समन्वय क्षमताको अभावले हाे अगाडि बढन नसकेको ?

अहिले महामारीले सबै क्षेत्र प्रभावित बने पनि महामारी अन्त पछि नेपाली जनताले प्रधानमन्त्री केपि शर्मा ओलीलाई पेचिलाे ढंगले साेध्ने छन प्रधानमन्त्री ज्यु चीनको रेल खै त ? चीनको रेल,पानी जहाज यस्ता दर्जनौं प्रधानमन्त्रीले बाँडेका सपना जनताले कदापि भुल्ने छैन ।तीनको प्रगति ,तीनकाे कामकाे गति जनताले साेधि रहने छन ।

यी कामहरु प्रधानमन्त्रीले सुरुवात समेत नगरे जनता समक्ष ठुलो घात हुनेछ ।यस्तो संकट बेला याे कुरा असान्दर्भिक लाग्ला तर मैले आखिर नेपाली जनतालाई घात कसले गरेकाे त? सहयोग गर्छु भनेर वाचा पुरा नगर्ने चीन हाे कि झुटाे आश्वासन बाँडेर नेपाली जनतालाई घात गर्ने प्रधानमन्त्री देखि नेपाली नेताहरू हुन ? याे विषय उजागर गर्न खाेजेकाे हु । वितेका २ बर्ष कसरी विते र आउदा बर्ष कसरी वित्ने छन हामीले भाेगि सक्यौं र भाेग्ने छाै ।

चीन बाट रेल आउने र ल्याउने विषयको विरोध कसैले गर्न मिल्दैन ।नेपाली अर्थतन्त्र सगै पर्यटनको विकासको लागि रेल अनिवार्य छ ।तर क्षणिक लाेकप्रियताकाे लागि आश्वासन बाँडने तर काम सुन्य पनि सुरु नगर्ने शैली अब टिक्नेवाला छैन ।किन काम अगाडि बढेन कसले हाे धाेका दिएकाे प्रश्न यहिनिर हाे ।

धार्मिक ,साँस्कृतिक तथा ब्यापारीक दृष्टिकोणले पनि चीन र नेपाल विचकाे सम्बन्ध अपरिहार्य भएकोले रेलमार्ग विकासकाे मेरुदण्ड नै हुने थियोे ।तर यसको कुटनैतिक पहलमा कमजोर काे हाे ? अथवा नेपाली जनतालाई आश्वासन दिने आशा मात्रै देखाउने काम नगर्ने शैली लाेकप्रिय हाे त चीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे ?

मीन बहादुर पण्डित हाल युएई

Recent Update