December 1, 2020, Tuesday
२०७७ मंसिर १६

गुल्मीकाे एक पसलमा आगाे लाग्दा एककाे निधन दुई घाइते

708

आगलागी भएको पसल

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी हुदा एक जनाकाे निधन भएको छ ।सोमबार दिउँसो बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पुर्ण खनालका १६ बर्षका छाेरा समीर खनालकाे निधन भएको हाे ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माका अनुसार घटनामा परि दुई जना घाइते भएका छन ।घाइते पुर्ण खनाल र उनका अर्का छाेरालाई थप उपचार काे लागि पाल्पा स्थित मिसन अस्पतालमा पठाइएकाे छ ।

घटनाको कारण खुल्न सकेको छैन । आगलागीबाट पसलको सबै सामग्री जलेर नष्ट भएको छ ।घटनाको विस्तृत अनुसन्धान भैरहेको गुल्मी प्रहरीले जनाएको छ ।

Recent Update