November 25, 2020, Wednesday
२०७७ मंसिर १०

लकडाउन : बालबालिकालाई हिरा बनाउने मौका

834

पुरुषोत्तम गिरी

“हामीबालबालिकाले आफु अनुकुलकोे व्यवहार गरोस र सिकोस भन्ने चाहन्छौँ र हाम्रो बुझाइको स्तर अनुसार बालबालिकाहरुले बुझुनभन्ने चाहन्छौँ । तर बालबालिकाहरुको पहिले कामे खेल्ने भएकोले उनिहरुलाई रमाइलो वातावरणमा खेल, गित संगित र कथाको माध्यमबाट सिकाउन सक्नुपर्दछ । जवतपाँई आफ्नो बच्चासँग पढ्नुहुन्छ, कुरा गर्नुहुन्छ अथवा खेल खेल्नुहुन्छ त्यसले वालवालिकाको सिकाइमा ठुलो प्रभावपारेर र प्रोत्साहन दिन्छ ।”

वितेको एक महिनादेखि देशमावन्दावन्दी छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड ९० भाइरसका कारण अहिले समग्र विश्व नै आतंकित छ । नेपालमापनिअहिले समग्र क्षेत्र ठप्प छ । वन्दावन्दीले तत्कालिन रुपमा देशको अर्थतन्त्र र अन्य क्षेत्रमा ठुलो असर गरेको देखिएतापनित्यो भन्दा बढि दिर्घकालिन रुपमायसले शिक्षा क्षेत्रमा नराम्रो असर पारेको छ ।


विद्यालय, कलेज लगायतशिक्षाक्षेत्रका सवै निकाय ठप्प हुँदालाखौँ विद्यार्थि अहिले घरमै छन् । यो अवस्थामाउनिहरुले नयाँकिक्ने कुरा त रोकियो नै पहिले सिकेको कुरा पनिविर्सने पो हुन्किभनेर अभिभावकहरुलाई सताएको देखिन्छ । अझभन्ने हो भने घोकन्ते विधिलाइ नै शिक्षण सिकाइको कडि ठान्ने विद्यालयकावालवालिकाहरुले त झनकिकेको कुरा विर्सिसकेको अवस्था छ भनेर एकथरीलाई चिन्ता छ । यस्तो परिवेशमावालवालिकाले आर्जन गरेको कोरा शैद्धान्तीक ज्ञानलाई व्याहवारिक, जिवनउपयोगी र जिवन्तबनाउनकालागीअहिले सम्म वालवालिकाले आर्जन गरेको ज्ञानलाई बस्तु मार्फत शिपसँग जोड्न सक्ने सकिन्छ ।


हामी सामाजिक संजालमा घण्टौ विताउन सक्छौँ अझभनौँ वन्दावन्दीविताउनमुस्किलभएका कुरा आफना साथिभाइतथा दौतरीमा घण्टौँ सम्म फोन र सामाजिक संजालबाट बतायरहेका हुन्छौँ । तर हामीमध्ये धेरैलाई आफ्नाबालबालिकाहरुसँग मिलेर खेल्ने अनि रमाइलो गर्ने फुर्सद नै छैन । वन्दावन्दीको समयमा धेरै मानिसहरुलाई एकान्तवास वस्नु भनेको फलामको च्युरा चपाउनु सरह भएको छ त्यसमापनिवालवालिकाहरुलाई त झनै सकस छ । यो एक महिनाको अवधिमावालवालिकासँग घुलमिल हुनु कति कठिन छ धेरैले महसुस गरिसक्नु भएको छ होला । अरु पेशाव्यवसायमा संलग्नहरु जसले शिक्षकले शैद्धान्तिक कुरा मात्रै सिकाएको महसुस गर्नुहुन्छ उहाँहरुलाई पनिआफ्नो वालवालिकाअनुकुलको व्यवहारिक शिपसिकाउने उपयुक्तअवसर हो । सायदअहिलेको व्यस्तदुनियाकाव्यस्तअभिभावहरुलाई आफ्नावालवालिकाहरुसँग जोडिने यो नै सुनौलो मौका हो ।


हामीले कहिल्यै पनि यो कुरा विर्सनु हुदैन कि बालबालिकाहरुको पहिले कामभनेको खेल्ने हो । हामीले उनिहरुलाई रमाइलो वातावरणमा खेल, गित संगित र कथाको माध्यमबाट सिकाउन सक्नुपर्दछ । जवतपाँई आफ्नो बच्चासँग पढ्नुहुन्छ, कुरा गर्नुहुन्छ अथवा खेल खेल्नुहुन्छ त्यसले वालवालिकाको सिकाइमा ठुलो प्रभावपार्दछ । त्यस्तो तपाईको हर्कतले वालवालिकालाई नयाँ कुरा सिक्नमाप्रोत्साहनगर्दछ ।

यसरी तपाईले वालवालिकालाई सिकाउन सक्नुभयो भने यसले उनिहरुलाई मनोरञ्जन प्रदान गर्छ, वालवालिकालाई विद्यालयमा जस्तो फोकस शिक्षणमा नभएको आभास हुन्छ जसले गर्दा उनिहरुमाउत्सुकताप्रदान गर्छ । तपाँईको बच्चालाई यस्तो वेलामा कुरा गर्न, सुन्न, पढ्न, गाउन र खेलनको लागीतपाँईको प्रोत्साहनआवश्यक हुन्छ । मस्तिस्कविकास सम्वन्धी अनुसन्धानले के कुरा देखाउँदछ भने बच्चाहरुले दिनहँु ठुलो श्वरले पढ्दा उसको दिमागको भाषा र साक्षरता सीपको क्षमता बढ्छ जसले गर्दा भविष्यमासिक्नको लागीवालवालिकालाई सवैभन्दा ठुलो आधार तयार हुन्छ । यस्तो अवस्थामा गर्न सकिने केहि कुराहरु म जानकारी गराउन चाहन्छु ।

समयतालिका ः बालबालिकाहरुलाई समय तालिकाअनुसार काम गर्न सिकाउनुहोस । सहीिसमयको उठ्नु, सहि समयमातालिकाअनुसार खानु, खेल्नु र मनोरन्जन गर्नु बालबालिकाहरुको लागीहितकर हुन सक्छ । यसको लागीकुनै एकरुपताको जरुरी हुदैन । बरु समय तालिकाबनाउनुपुर्व उनिहरुसँग राम्रोसँग छलफल गर्नुहोस र हरेक गतिविधिमाउनिहरुको अपनत्वहोस र जसले गर्दा उनिहरुलाई त्यो तालिकाप्रयोग गर्न सजिलो हुन्छ । वालवालिकाहरुको पुर्वानुमान गर्ने सिपको विकास गर्न समय तालिकाले महत्वपुर्ण भुमिका खेल्न सक्दछ ।

भान्साको काम ः हुन त भान्साको कामकावालवालिकाहरुलाई सधै लगाउनु उनिहरुलाई त्यति रुचिकर नहुन सक्छ तर उनिहरुले गर्न सक्ने भान्साको कामसिकाउनु अहिले वन्दावन्दीको समयमानिकै उपयोगीहुन सक्छ । रोटी बनाउनसिकाउने, सेकाउनसिकाउने, पकाउनसिकाउने, तरकारी केलाउनसिकाउने जस्ता भान्साकाकामहरु उनिहरुले रमाइलो मानेर गर्न सक्छन् । अर्को कुरा खानाखाननमान्ने बालबालिकाहरुलाई खानाखुवाउने यो नै असरल तरिका हो किनभने बालबालिकाहरु ऋाफैले टिपेको आफैले केलाएको, आफैले पकाएको वाआफु सहभागि बनेर बनाएको खानेकुरा खानऔधि रुचाउछन् । यसमाहामीले सावधानीपुर्वक प्रोत्साहन गर्नु जरुरी छ । बन्दाबन्दीको समयमाउनिहरुलाई खानापकाउने सम्वन्धीजिवनउपयोगीशिपदिन सकिन्छ ।

कथा सुनाउने ः अहिले हामी धेरै मानिसहरु इन्टरनेटको पहुँचमा छौँ । यस वेलामावालवालिकाहरुलाई उचिजगाउने कथाहरु विभिन्नअनलाइन, मोवाइल एप्स आदिमा पाइन्छन् । उनिहरुको उमेर र क्षमता सुहाँउदाकथा सनाउनकालागीहामीले उनिहरुलाई समय दिनु आवश्यक छ । वन्दावन्दीमावालवालिकाहरुलाई एकान्तवासमा राख्ने यो उत्तम सवैभन्दाउत्तम अस्थाइ विकल्पहो । नेपाल सरकार शिक्षा विज्ञान तथाप्रविधिमन्त्रालयले युयसएआईडिको प्राविधिक सहयोगमा रमाइलो पढाइ मोवाइल एप्स बनाएको छ । यस्तै ईपुस्तकालय डट ओआरजी, युनिसेफ लगायतकाअनलाइनमापनिउनिहरुलाई आवश्यकता र क्षमताअनुसारका सामाग्री भेट्न सकिन्छ ।


सँगसँगै शारिरीक अभ्यास गर्ने ः बन्दाबन्दीको समयमाबालबालिकाहरुलाई स्वस्थ राख्न र उनिहरुलाई खुसि राख्नको लागी यो उपयुक्तविधिहो । वालवालिकाहरुलाई नियमितशारिरिक अभ्यासमा सहभागि गराउनुहोस । यसो गर्दा उनिहरु निकै खुसि हुन्छन् । व्यायमले वालवालिकाहरुलाई ऊर्जा्शिलबनाउन सहयोग गर्दछ । तपाँईपनिआफ्नो कसरत पुरा गनृ सक्नुहुन्छ । यसकालागशतिपाइले युट्युवको सहयोग समेत लिन सक्नुहुन्छ ।
बालबालिकाहरुसँग कोठाभित्र भएका सामाग्रीहरुको प्रयोग गरी विभिन्नतरिकाले वालवालिकाहरुसँग खेल्न सकिन्छ ।

जस्तै कोठामा उपलव्ध सामाग्रीप्रयोग गरेर कोठामै पार्कको अभ्यास गर्ने, खेलौना सफा गर्ने, आफुलाई मन पर्ने मानिस तथा बस्तुहरुको क्राफ्ट बनाउने, गुगल अर्थबाट विश्व भ्रमण गर्ने गर्न सकिन्छ । गुगलअर्थबाट विश्वभ्रमण गर्दा विश्वमाभएकानयाँनयाँ कुरा बुझ्नसिक्न र धारण बनाउनबालबालिकाहरुलाई मद्धत पुग्छ । यस्तै खेलौनाको घर बनाउने जसले गर्दा बालबालिकाहरुलाई विभिन्न गणितिय आकारको धारणा विकास गर्न मद्धत पुग्दछ ।

खोज अनुसन्धानकर्ताहरुले लामो समयदेखि वालवालिकाहरुले सिक्नेको लागी खेल आवश्यक रहेको बताउदै आएका छन् । वालवालिका रमाउनको लागीअभिभावहरु पुरा समयउनिहरुसँग भईरहनुपर्छ भन्ने छैन । केवलउनिहरुलाई हामीले अवसर प्रदान गर्न सक्ने हो भने उनिहरु आफे रचनात्मकतरिकाले खेल्न सक्छन् र आफु अनुकुलको वातावरणमा रचनात्मक सीपहरु श्रृजना गर्न सक्दछन् ।

स्वतन्त्र खेल मार्फत वालवालिकाहरुलाई बोर लाग्न सक्छ जुन ठिक पनिहो । किनभने यस्तो भयो भने उनिहरु आफ्नो रिस, कुन्ठा र नकारात्मकभावनालाई नियन्त्रण गर्ने भन्ने सीपको विकास हुन्छ र उनिहरुनै यसबाट कसरी बच्ने भन्ने रचनातमकतरिका पत्रालगाउनलागि पर्छन् । यसैगरी घरभित्रखानेकुरा लुकाउने र खाजेर खाने खेल, भाषा र गणितसँग जोडेर विंगो, घरमै पिकनिक गर्ने गर्न सकिन्छ ।

यस्तै घरको कोठालाई विद्यालयको कक्षाजस्तो बनाइदिने, केहि शैक्षिककार्य गर्ने वित्तिकै केहिवेर ब्रेक दिने, चिठ्ठी लेख्न सिकाउने, वाघचाल, बुद्धिचाल, वोर्ड जस्ता खेल खेल्न सिकाउने, डायरी लेख्न सिकाउने, इन आउट र अन अफ खेल खेल्न सिकाउने, योगासिकाउने, विभिन्न थरीकालुगालगाउनसिकाउने, अन्र्तरवार्ता लिन र दिनसिकाउने, कागज काटेर सुगा, डुंगा, फुल, डाइनोसर आदिबनाउनसिकाउने, घरमा भएकावाद्यवादनका साधनहरु बजाउन र त्यसको उपयोगितासिकाउने, चराचुरंगीको दृश्यावलोकन गर्ने र गराउने, हाम्रो वरिपरी भएकाजनावर किराफट्यांग्राआदिको सुचिबनाउनलगाउने र आवाजको नक्कल गर्ने, कोठामै नाच्न र गाउनसिकाउने, बगैचामाकाम गर्न सिकाउने तथाहाम्रो वरिपरी भएका हरेक वस्तुहरुलाई देखाएर त्यसको उपयोगिता, समस्या, जिवनचक्रआदिजानकारी दिन सकिन्छ ।

हामिले एउटा बुझ्नै पर्ने कुरा के छ भने हामीआफु अनुकुलबालबालिकाले व्यवहार गरोस र सिकोस भन्ने चाहन्छौँ अझभनौँ हाम्रो बुझाइको स्तर अनुसार बालबालिकाहरुले बुझुनभन्ने चाहन्छौँ तर हामीले बालबालिकाहरुको बुझाइको स्तर र उनिहरुको अहिलेको विकसित उमेरको विषयमाकदापीविर्सनु हुदैन । त्यसैले उनिहरुको बुझाइको स्तर अनुसार हाम्रो वोली र व्यवहार हुनु जरुरी छ भने उनिहरुको उमेर अनुसारको विकास क्रमलाई हामीले सहयोग गर्नै पर्छ । यसरी उनिहरुको आवश्यकता, बुझाइ र उमेर अनुरुपकाविभिन्नक्रियाकलापहरु बन्दाबन्दीको समयमापनिहामीले उनिहरुसँग गर्न सकेको खण्डमा वन्दावन्दीहामी सवैको लागी एउटा अवसर बन्न सक्छ ।
यो पनिअस्थाई विकल्पमात्रै हो ।

यदिबन्दाबन्दीअलिलामो समयजाने भयो भने विद्यार्थिलाई सिकाउनकालागीविभिन्नतहका सरकारले सोच्नुपर्ने देखिन्छ । किनभने अहिले सम्मपनिहाम्राकुनै सरकारसँग अत्यावश्यकियअवस्थामाहाम्राविद्यार्थिलाई सिकाउने वैकल्पीकउपायअहिले सम्म देखिदैन । यसकालागीउचितविकल्प छानेर विद्यार्थिलाई सिकाउने निति सरकारले ल्याउनुपर्छ ।

लेखक पुरुषोत्तम गिरी शैक्षिकअभियान्ता हुन

Recent Update