June 17, 2021, Thursday
२०७८ असार ३

कैलालीका अर्का एक पुरुष काेराेना जितेर घर फर्के, पाँच पुग्यो डिस्चार्ज हुनेकाे संख्या

250

सेती अस्पताल धनगढीमा काेराेना भाइरस बाट संक्रमित भै उपचार गरिरहेका एक पुरुष सन्चो भएर घर फर्केका छन ।दुबईबाट दिल्ली हुँदै काठमाडौं आएका धनगढी का ३४ बर्षीय पुरुषलाई काेराेना संक्रमण भएको थियो ।उनी कोरोनाको सफल उपचार गरेर २८ दिनपछि मंगलबार घर फर्किएका छन ।

उनको रिपोर्ट नेगेटिभ देखिएपछि अस्पतालले डिस्चार्ज गरेको हाे ।याे संगै निकाे भएर घर पुग्नेकाे संख्या पाँच पुगेको छ । आज थपिएका उदयपुरका ९ जना नयाँ काेराेना संक्रमित सहित नेपालमा काेराेना संक्रमित काे संख्या ४० पुगेको छ ।पाँच जना उपचार पछि घर फर्केको हुदा ३५ जनाकाे विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।