October 25, 2020, Sunday
२०७७ कार्तिक ९

जनसम्पर्क समिति साउदी द्वारा अलपत्र एक नेपालीकाे उद्दार

834

उद्दार गरिएका थापाको साथमा जनसम्पर्क समिति साउदी अरबका सभापति दिपक रेग्मी र सह-काेषाध्यक्ष पदम पाण्डे

नेपाली जनसम्पर्क  समिती साउदी अरबद्वारा अलपत्र परेका एक नेपालीको  रियाद शहर बाट उद्दार गरिएको छ । ४ बर्ष अगाडि रियाद एक्जिट ८ मा रहेको अब्दुल वाहिज रेस्टुरेन्टमा क्लिनर कामको लागि आएका बुटवल तामनगर निवासी सचिन थापालाई उद्दार गरिएको हाे ।

कम्पनिले २ बर्ष देखी अकामा नबनाइ काममा लगाई राखेको थियो तर  कोरोना भाईरस कोभिड – १९ ले गर्दा   उक्त होटेल बन्द नै भएपछी कम्पनिले बस्न र खान पनि नदिदा थापा अलपत्रमा परेका थिए ।

थापा मंगलबार  बिहान नेपाली जनसम्पर्क  समिती साउदी अरबका सभापति दिपक रेग्मीको  सम्पर्कमा आएका थिए । कडा लकडाउनकाे विच विषेश पास मार्फत सभापति रेग्मीले उनको उद्दार गरि नेपाली दुताबासलाई जानकारी गराएका थिए ।तर लकडाउनका कारण पिडितकाे उद्दार प्रक्रियामा दुताबासले पनि तत्काल अगाडि बढाउन नसक्ने  भएपछि हाल जनसम्पर्क समितिले नै ब्यवस्थापन गरि थापालाई राखेको छ ।

काेराेना भाइरसका कारणले कम्पनीहरु बन्द हुने क्रम बढेपछि धेरै मानिसहरु अलपत्र हुन थालेको जनसम्पर्क समिति साउदि अरबका महामन्त्री सुरेश राज त्रिपाठी  महामन्त्रीले जानकारी दिए ।

अब अवस्था अझ विकराल आउन सक्छ त्यसैले दुताबास देखि सराेकारवाला सबै समन्वयको तयारी अवस्थामा बसाै महामन्त्री त्रिपाठीले सबैलाई अाग्रह गरेका छन । साउदी अरबमा काेराेना भाइरस दिन प्रति दिन तिब्र गतिमा फैलिरहेकाे छ । बेला बेला अलपत्र परेका नागरिकहरुलाई उद्दार तथा राहत वितरण जस्ता काम गरेर साउदी अरब जनसम्पर्कले सबै बाट प्रसंसा पाउदै आएको छ ।

Recent Update