June 17, 2021, Thursday
२०७८ असार ३

धादिङका युवाले पनि जिते काेराेना , स्थानीय सरकारकाे समन्वयमा डिस्चार्ज गर्ने तयारी

232

कोरोना संक्रमित धादिङका एक युवा पनि निको भएका छन्। उनको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले जनाएको छ ।

धादिङको स्थानीय तहसँगको सम्पर्क र समन्वयपछि मात्र डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।युएईबाट आएका धादिङका ती युवालाई चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनीसहित नेपालमा कोरोना संक्रमण बाट निको भएर घर फर्कनेकाे संख्या ६ पुगेको छ ।

टेकु अस्पतालबाट नै यसअघि दुई जना निको भएर घर गइसकेका छन्। धनगढी स्थित सेती अस्पतालबाट दुई जना ,बाग्लुङस्थित धौलागिरी अस्पतालबाट एक जना र उनी सग १ गरि डिसचार्ज हुनेकाे संख्या ६ पुग्ने छ । नेपालमा हालसम्म ४३ जनामा कोरोना देखिएको छ।सबैभन्दा बढि २४ जना उदयपुर जिल्लामा संक्रमित भएका छन ।