October 20, 2020, Tuesday
२०७७ कार्तिक ५

कोरोनाको प्रभाव र न्युनिकरणका उपाय –डा लक्ष्मी कान्त पौडेल

4.1K

डा लक्ष्मी कान्त पौडेल

कोरोनाको कारण सवै त्रसित छौं । सबै जसो आफ्नो पुख्र्यौली थलो र खेति योग्य जमिन भएको ठाउमा जान चाहेको जस्तो देखिएको छ । राज्यले सकेसम्म नागरिकलाई जहा छन् त्यही रोक्न खोजेको छ । यसको मुख्य लक्ष्य नागरिकको चलयमानता भएमा रोग एक ठाँँउवाट सर्न सक्दछ भन्ने नै हो । यसमा हामी सवै सहभागी बन्नु पर्दछ र राज्यलाई गर्ने सहयोग आफ्नै सहयोग हो । कोरोनावाट हामी बच्नु पर्दछ तर यसको साथै हामीहरुका आर्थिक कृयाकलाप र जिविकोपार्जनको लागि चाहिने खाद्यान्न अहिलेको पहिलो आवस्यकता हो । राज्यले नागरिकको लागि खाध्यान्न उपलब्ध गराउन प्रयास गरिरहेको छ । नागरिक समाजले अझै अहंम भुमिका खेलिरहेको छ । विभिन्न क्षेत्रमा त्रुटी भएका छन् । तिनलाई सुधारेर आगाडि बढुनुको विकल्प छैन् । उपचार, नागरिकको उचित ब्यवस्थापन, खाध्यान्न आपुर्ति तथा औषधी जस्ता कुरा प्रधान आवस्यकताका विषय भएका छन् । त्यस्तै १५ दिनसम्म कसैसँग भेट नगरेको र रोग नदेखिएको प्रमाणित भएमा नागरिकलाई आफ्नो जग्गा जमिन भएको स्थानमा जानदिने उचित ब्यवस्था राज्यले गर्न आवस्यक छ । यसको लागि उचित निगरानी हुनु पर्दछ ।

कोरोनावाट वचेर पनि खाद्यान्न र औषधिको उचित ब्यवस्था हुन सकेन भने अझै ठुलो महामारी फैलन सक्ने ठुलो डर छ, । खाद्यान्न भएसम्म त हामी खाद्यान्न वितरण गरौंला सकिए पछि के गर्ने ? भन्ने सवाल अहं छ । त्यसो नभएमा मृत्युको अर्को नाम भाेेेेेेकमारी हुन सक्दछ । खाद्यान्न कृतिम अभाव हुन नदिने, आपु्र्तिको ब्यवस्था गर्ने जस्ता विषय महत्वपुर्ण हुन् । खाद्यान्न भएर पनि किन्न नसकिने भएपछि खाद्यान्न नै भएन भने के गर्ने ? यो अझै महत्वपुर्ण हो ।

हामीले विदेशमा रहेका ७० लाख भन्दा बढि नागरिकवाट आउने रेमिट्यान्स् धेरै गुमाउँदैछौँ। हामीलाई सहयोग गर्ने देशहरु पनि आर्थिक सकटमा परे हामीले सहयोग पाउँदैनौँ । त्यस्तै अवस्था विभिन्न संस्थाहरुको पनि हो । यसका सम्बन्धमा सवैले जानकारी पाउन उपयुक्त हुने छ । त्यसका आधारमा काम गर्न पनि आवश्यक छ । देशको लगभग दुइ तिहाई जनता खेतिमा आधारित छन् । करिव २७ प्रतिसत समग्र ग्राहस्थ उत्पादनमा कृषिजन्य वस्तुको योगदान छ । तर कृषिजन्य वस्तुको महत्व करिव सय प्रतिसत छ र औषधीको महत्व त्यस पछि अहं छ ।

राज्यले औषधी जन्य उद्योगहरुको उत्पादनको लागि उचित सुरक्षाको प्रवन्ध गरेर निरन्तरता दिनुु पर्दछ र विदेशवाट प्राप्त हुन सक्ने औषधीमा उपयुक्त संझौता पनि समयमा गर्न आवश्यक छ । त्यस पछि औषधीको ढुवानीवाट रोगी सम्म पुग्नु पर्दछ र अस्पतालहरु समेत सजग हुन पर्ने हुन्छ । यसमा कालोवजारीको गुन्जायस नहुने उपाय खोजिनु पर्दछ ।

खाद्यान्न पनि वितरणमात्र गर्न खोजेर उत्पादन नभएमा लक्ष्य पुरा हुंदैन । किसानले उत्पादन गरे पछि त्यो उत्पादनलाई विचौलिया बाट नभई राज्यले नै सहयोग गरेर विक्रीको माध्यम बाट वितरणको लागि अहिले देखि नै ध्यान दिइनु पर्दछ । यसको लागि उत्पादित बस्तु लिने र वितरण गर्ने कार्यलाई समन्वय गर्न आवस्यक हुन्छ । यो कार्य प्राविधिक र सर्वपक्षिय संयन्त्र बाट हुन आवश्यक छ । सुरक्षा निकायको प्रयोग हुन सक्छ तर उचित सुरक्षाको प्रवन्ध पनि उत्तिकै महत्वपुर्ण हो ।

त्यसै तथ्यलाई ध्यान दिएर केही ब्यवहारिक कुरा उल्लेख गर्न प्रयास गरिएको छ । प्रथमत सहर वजारमा घर बाहेक खेती गर्ने स्थान नहुनेहरुले बाँकी जग्गा, टप, छत, गमलाहरुमा कमसेकमा हरिया तरकारी उव्जाउने कार्य गर्न सकिन्छ । यसको लागि विउको प्रयाप्ततामा ध्यान जान आवस्यक छ । प्रयोगको जानकारी पनि सवैलाई ब्यवस्थित रुपमा दिइनु पर्दछ । यसको लागि प्रयोग हुन सक्ने मलको जानकारी पनि दिइनु पर्दछ ।

त्यस्ता परिवार बाहेक अरु केही जग्गा हुने परिवारहरुले उत्पादन हुन् सक्ने तरकारी तथा अन्य वस्तुहरुको सवन्धमा जानकारी पाउनु पर्दछ । जस्तै लहरे तरकारी, मकै आदि लगाउन सकिन्छ । कतिपय स्थानमा खेति पनि नगर्ने र अरुले खेती लगाउन खोजे पनि रोक्ने प्रबृत्तिलाई अन्त्य गर्न आवश्यक छ । यस घडीमा कसैले पनि खाली स्थानमा खेती गर्न खोजेमा वडामा वा निश्चित निकायमा निवेदन दिनु पर्ने र सम्बन्धित जग्गा धनीले खेती गर्न नचाहेमा एक वालीको लागि चाहानेले खेती गर्न सक्ने र त्यसको सुरक्षा राज्यले गर्ने ब्यवस्था अपरिहार्य छ । खेति पनि नगर्ने र अरुलाई खेति गर्न पनि नदिनेलाई कडा सजायको ब्यवस्था गर्न पनि सकिन्छ ।

मुलभुत रुपमा गाउँ वस्तीहरुमा मानिसहरु जान थालेका छन् । यस अवस्थामा परिवारलाई सवैभन्दा सानो इकाइ मानेर परिवार बाट सम्भव हुने खेति लगाउनको लागि प्रोत्साहन हुन आवश्यक छ । तत्काल परिणाम आउने वाली लगाउन तथा लामो समय पछि उव्जने खेति लगाउन सकिन्छ । तत्काल उत्पादन लिन सकिने खेतिमा विभिन्न सागहरु, लहरे तरकारी, मुला आदि पर्दछन् । दिर्घकालिनमा मकै, गहु, धान आदि पर्दछन् ।

मासु जन्य खाध्य वस्तुमा स्थानिय पंक्षि, खरायो जस्ता जनावर पर्दछन् । स्थानिय सरकार, राज्य सरकार र केन्द्रले ती उत्पादन गर्न प्रोत्साहित गर्ने र बिउ समेत अन्य चाहिने वस्तुको ब्यवस्था गर्न आवश्यक छ । यी सवै कार्यको लागि राज्यले ब्यवस्थित रुपमा एफएम्, टिभी आदिवाट जानकारी दिनु पर्दछ । राज्यले रोजगारीमा राखेका जेटीए समेतलाई हरेक परिवारलाई सहयोग गर्न तोक्नु पर्दछ । नागरिकलाई सचेतना पनि आवस्यक छ । मल र पानीको तथा नजिकको जग्गाको सदुपयोग गर्ने र परिवारवाट हुन् सक्ने खेति कसरी गर्ने भन्ने जानकारी हुन पर्दछ । औजारको ब्यवस्था र प्रयोगको जानकारी पनि उत्तिकै महत्व हुन्छ । मलको लागि मानिसको मुत्र आदिलाई समेत प्रयोग गर्न सकिएला ।

सहर छोडेर गाँउमा जादा धेरैको बाझो जग्गा छ। तर न जोत्नको लागि गोरु छन् न ट्याक्टर छन् भन्ने अवस्था आउन सक्दछ । एउटा लेखमा जानकारी पाए अनुसार जिरो टिल्ट(नजोती खेती गर्ने)को अवधारणाले पनि राम्रो काम गरेको छ । त्यसैले नजोतेर पनि खेति लगाउन सकिन्छ । गोरु ट्याक्टर आदि नभएर पनि पहिला घास सफा गरेर लठ्ठीले जमिन घोचेर विउ राखेर खेति गर्न सकिन्छ । यसमा प्राय फर्सी, मकै गहु आदि प्रकारका खेतिहरु गर्न सकिन्छ । यस सम्बन्धमा सामान्य कृषि पढेकाले पनि जानकारी दिन सक्दछन् । क्रमश परिवारलाई एक युनिट मानेर क्रमश वरमपरम्म गरेर छिमेकीको समेत परिवारको रोगजन्य परिणामको आधारमा एउटा टोललाई एउटा युनिट अर्थात निकाय मान्न सकिन्छ । एउटा टोल एक निकाय भए पछि खेति जन्य काम गर्न धेरै सजिलो हुन्छ । खेति र खानाको ब्यवस्था पनि सहकारी किसिमले नै गर्न सकिन्छ । यो जानकारी मलाई राम्रो लागेको छ र साह्रै उपयोगी देखिन्छ ।

यो जटिल अवस्थामा एउटा टोलमा बस्नेहरुको सवैले मिलेर निरिक्षण गर्ने र बाहिरका मानिस आउन नदिने गर्न आवश्यक हुन्छ । १५ दिनसम्म कोही नआए पछि र त्यस टोलमा कोही विरामी नभए पछि मानिसहरुले मिलेर खेती गर्न बाटो खुल्दछ । टोलवासीहरु मिलेर सामुहिक, एक अर्कालाई सहयोग गरेर वा परिवारले मात्र खेती गर्न सकिन्छ । यस तरिकाले खेती गरेर देशका सवै खेतीयोग्य जमिन बाँझो नराख्ने हो भने आउँदो आषाढ बाटै केही उत्पादनको सुरुवात हुन सक्दछ । आफुलाई आवश्यक र चाहिने खाद्यान्न राख्ने र बढि भएको खाद्यान्न वरपर नै बेच्न सकिन्छ । वरपर विक्री नहुने भएमा राज्यले सुचना र निर्यातमा सहयोग गर्नु पर्दछ । यसको लागि मोवाइल सहयोग र वडामा सुचना र सहयोगको ब्यवस्था हुन सक्दछ ।

उल्लेख भएका ब्यवस्थावाट हामी खाद्यान्न सामान्य अवस्थामा रहन सक्ने छौँ । यसो गरिएन भने हामीहरुको अर्को चरण भनेको भाेकमरि बाट मर्न सकिन्छ । हरेक ब्यक्ति र परिवार तथा तिनै तहका सरकार तथा सचेत नागरिक समाजले ब्यक्तित रुपमा नै यसतर्फ ध्यान दिएर योजना वनाउन आवश्यक छ । रोग नलागेको ठाउँमा वडालाई सुरक्षित एक इकाई मानेर आपसमा मिलेर काम गर्न सकिन्छ ।

खाद्यान्न र नुन हामीहरुका आधारभुत आवश्यक हुन् औषधी हामीहरुका सम्भावित महत्त्वपूर्ण आवश्यकता हुन् । वच्चाहरु विरामी हुने सम्भावना वढि हुने हुंदा उनीहरुलाई धुलो धुवामा नराख्ने, चिसोवाट टाढा राख्ने, सफा पानी खुवाउने, सवै प्रकारका सरसफाइमा ध्यान दिने कार्यले धेरै रोगहरुलाई टाढा नै राख्ने छ । यसमा हामी सजग र सचेत होउ । हामी बाँचेमा र बाँच्नको लागि खाद्यान्नकाे उचित प्रवन्ध गर्न सकिएमा अरु सवै आवश्यकताहरु ब्यवस्थित हुने छन् । यी कार्य गर्न हामीहरु ढिलो नगरौ । जानकारी, आपसी सहयोग, सजगता, र विउ, औजार समेतको ब्यवस्था र कृयासिलताले कोरोना पछि र विचमा नै आउन सक्ने भुखमरीवाट सजिलैसंग हामीलाई वचाउन सक्ने छ ।

राज्यले दुरी कायम गर्दै कसरी खाद्यान्न भित्र्याउने भन्ने सम्बन्धमा जानकारी र प्रविधिक तथा औजारजन्य सहयोग गर्न आवश्यक छ र कृषि उत्पादनको लागि मल, विउ, प्राविधिक सहयोग, उत्पादित वस्तु बेच्ने ब्यवस्था गर्न आवश्यक छ । अहिलेको पहिलो आवश्यकता काेराेना रोकथाम गर्नुु हो । दोश्रो आवश्यकता उचित अनुदान दिएर कृषि उत्पादन वढाउने र विक्रीको ब्यवस्था गर्नुु हो । अर्को आवश्यकता भनेको औषधीको उचित प्रवन्ध मिलाउनु हो ।

लेखक डा लक्ष्मी कान्त पौडेल त्रिभुवन बिश्वबिधालयमा सार्बजनिक नीति बिषयमा प्राध्यापन गर्नुहुन्छ ।

Recent Update