October 30, 2020, Friday
२०७७ कार्तिक १४

कैलाली कि ५० बर्षीया महिला पनि काेराेना जितेर घर गइन

480

कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् ।

लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ५० वर्षीया महिलालाई बिहीबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।

लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । काेराेना संक्रमण बाट निकाे भएर घर जानेको संख्या १० पुगेकाे छ ।

Recent Update