October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

कोरिया छिरे देखि अहिले सम्म

5.9K

ओमलाल ओली

गाँउमा शिक्षण पेशामा सानोतिनो जागिर थियो तर त्यो जागिर छाडेर केहि गर्छु भन्ने आट बोकि शहर छिरियो । रुकुमको दुर्गम ठाँउ बाट सुनौलो सपना देख्दै ,कठिन चुनौति र अभावका भारिहरु बोकेर काठमाडौ झर्नू त्यति सामान्य त थिएन । तर मनमा आट र हिम्मतलाई कठोर हृदयका साथ अगाडी बढाएर अभाब र समस्या ग्रस्त काठमाडौ संग मितेरी गाँसियो ।

यसरी काठमाडौ झर्नुमा पनि एउटा कारण थियो । विद्यालयमा जागिर गर्दै गर्दा सामान्य विवाद भयो र कसैले नराम्रो जवाफ लगाएपछि केही गरेर देखाउछु भनेर शहर पस्न जोश आयो । काठमाडौ त पुगियो तर के गर्ने कता जाने खास योजना भने केही थिएन । त्यतिबेला कोरियन भाषा सिक्ने र पास गरि कोरिया जाने लहर नै चलेको थियो । मामा लोकेन्द्र यरीको सल्लाहमा कोरियन भाषा सिक्ने र पास गरि कोरिया जाने अठोट गरे ।

मेहनत गरे पक्कै पनि सफल भइन्छ भन्ने उखान मेरो जीवनमा लागु भयो । कोरियन भाषा परिक्षा दिएपछि पास हुन सफल भए । यो नै मलाई काठमाडौ शहरले दिएको पहिलो खुसिको उपहार थियो । सबै आफन्त तिर खुसीयाली भयो । मेरो गाँउ जहाँ नेपालका दुर्गम गाँउ सग मितेरी लगाउदा फरक नपर्ने गाँउ, हाल बिकासको गतिमा अगाडी बढिरहेको छ । अब यो गाँउ ठाँउ सबै छाडेर कोरिया जाने सबै प्रक्रियाहरु पास गदै अन्तिम तयारीमा पुगियो ।

पहिलो पटक विदेशको यात्रा,प्रियजनहरु सगको विछोड,मनमा अनेर्कौ सपना, लाग्छ जीन्दगी नयाँ अध्याय बाट सुरु हुदै छ । यस्तै धेरै प्रश्न,चिन्ता आशा र भविष्य बोकेर कोरियाको जहाज चढियो । अब त सबै कुरा नयाँ हुने भए । काम नयाँ,भाषा नयाँ,खाना नयाँ,साथीहरु नयाँ मतलब सबै कुरा नयाँ । इन्छनमा रहेको सेजिन कम्पनिमा काम सुरू गरियो कम्पनीमा खोटाङ घर भएका बलराम राई (बलु) सँगै एकै दिन नेपालबाट आएका साथी लगाएत अन्य ४ जना नेपाली सगै काम गर्नु पर्ने भयो ।

कोरिया पुग्दा धेरै नेपाली साथीहरुले कम्पनीहरुमा काम गर्दा नेपाली साथीहरु नहुदा एक्लै काम गरिरहेको तथा नेपाली साथीहरुको आवश्यकता महशुस गरिरहेको कुरा मैले अगाडी पनि सुनेको थिए । तर मैले कम्पनीमा सुरुमा नेपालीदाईहरु पाउदा अत्यन्तै गर्व महशुस गरे । कम्पनीमा काम पनि प्याकिङ गर्नु पर्ने थियो । विस्तारै कोरियाका नयाँ ठाँउमा जाने र नयाँ वातावरण सँग घुलमिल हुने रहर पनि जाग्यो । यसको लागि पुराना तथा आफु भन्दा अगाडीका दाइहरुको साथले म कोरियाको जुनसुकै ठाउँमा नक्सा हेरेर पुग्न सक्ने पनि भए ।कोरियामा नेपाली समुदायको बाक्लो बसोबास । यहि विचमा विभिन्न राजनितिक तथा सामाजिक संघसंगठनहरु पनि हुदा रहेछन । जिल्लाको छुटै,कतै अञ्चलको कतै बिकास क्षेत्रका समाज तथा संगठनहरु, जसले नेपाली समुदायको हितको लागि काम गर्ने । म साविको राप्ती अञ्चलमा बसोबास गर्ने मान्छे । राप्ती समाज दक्षिण कोरिया पनि स्थापना भएको रहेछ । मलाई चौथो अधिबेशन बाट सचिवको जिम्मेवारी दिइयो । नेपालमा पनि समाजसेवामा काम गरेको अनुभव । आफुले प्राप्त गरेको जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा इमान्दारीपुर्वक काम गर्ने मेरो विषेशता नै हो हाल राप्तीको उपाध्यक्षमा कार्यरत नै छु ।

सौलको तुङदेमुनमा रहेका नेपाली रेष्टुरेन्टहरु त्यहा हुने नेपाली जमघट, नेपाली रहनसहन, कला संस्कृतिले मलाई कहिलै पनि म विदेश, कोरिया छु भन्ने लागेन । सबै नेपाली कुराको अनुभुति कोरियामै भएपछि न्यास्रो पनि हरायो । नयाँ नेपाली सग चिनजान,नयाँ नयाँ वातावरण यसरी घुलमिल हुदै जादा आज कोरिया छिरेको तीन बर्ष पुरा हुदै छ । समयको गति सगै कोरियाका विभिन्न सामाजिक संघ संस्था र तिनको नेतृत्व गर्ने नेतृत्वहरु सग पनि राम्रो सग घुलमिल भए ।

यस्तै बिचमा घर आउने वातावरण पनि मिलाए । म घर आउदा धेरै कुरा फेरिएका थिए । पहिलो कुरा म फेरिएको थिए ।दोस्रो कुरा नेपाल पनि फेरिएको थियो । कता कता मैले भोगेको कोरिया र मेरो देशको वातावरण नमिले जस्तो लाग्ने । ३५ दिन छुट्टीमा घर परिवार सँग रमाइलो गरी पुन कोरिया फर्किए ।

पुरानै वाताबरणमा घुलमिल हुदै इञ्छन क्षेत्र छाड्ने निर्णय गरी गरियो । पुरानो मित्र बलराम राई (बलु)को कम्पनीमा काम छोडेको ५ दिन मै काम मिल्यो । उक्त कम्पनीमा ३५ जना भन्दा बढि नेपाली दाजुभाईहरू भेटे अब त मलाई यो भन्दा खुसि के भयो । यो कम्पनीमा मलाई यति माया र साथ सहयोग भयो जम्मै यति मन मिल्ने नेपाली साथीहरु जसको माया कहिले भुल्न नसकिने ।

विस्तारै फेन्तेक क्षेत्र सग नजिक हुनु पर्ने भयो । फेन्तेकमा हामीले नयाँ अभियानको सुरुवात गरियौँ। अमेरिका बाट सुरु भएको विश्व भरिका नेपालीहरुलाई जोडने एउटा अभियान अन्र्तगतको संस्था हामी नेपाली ग्लोबल दक्षिण कोरिया आदर्श के सी को संयोजकमा स्थापना भयो । फेन्तेकमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरूले मलाई हामी नेपाली ग्लोबल दक्षिण कोरियाको महासचिवको जिम्मेवारी दिनुभयो । झन कामको व्यस्तता बढ्न थाल्यो ।उता कम्पनी पनि व्यस्त यता संस्थाको जिम्मेवार पनि थपिदै गयो ।

कोरियाको कामले जति व्यस्त भएपनि म यसैमा खुसि, र यसैमा मज्जा लिरहेको छु । अबेर सम्म काम गर्दा परिवारको लागि कल गर्ने समय समेत कहिले नहुदा यसले उब्जाउने प्रश्नहरुको सामान गरिरहनु परेको छ । कोरिया गजवको लाग्छ नेपालको भन्दा बढि सु–शासन र खबरदारि नेपाली संघ संस्थाहरुलाई पनि यहाँ छ ।

केहि सानातिना कमिकमजोरि भए तत्कालै बिरोध हुन्छ त्यसको सरोकारवाला पक्षले तुरुन्तै जवाफदेहिता देखाउनु पर्छ । सबै काम पारदर्शी हुनुपर्छ भन्ने मान्यता नेपाली समुदायको छ । हरेक सामाजिक कार्यमा सबैको सहभागिता देख्दा र नेपाली कला, संस्कृतिको जगेर्ना गर्न गरिने क्रियाकलाप देख्दा नेपाल भन्दा भव्य तरिकाले चाडपर्व मनाउदा म असाध्य खुसि हुन्छु ।

Recent Update