October 19, 2020, Monday
२०७७ कार्तिक ४

ऋषिकेशले उद्दार गरेर घर पठाए अलपत्र सल्यानी मजदुरलाई

3.2K

ऋषिकेश जंग शाह

सोच र योजना बनाए स्रोतहरु आफै जुट्ने रहेछन भन्ने उदारण देखाएका छन, नेपाली काँग्रेस सल्यानका नेता तथा नेविसघका पुर्व केन्द्रिय उपाध्यक्ष ऋषिकेश जंग शाहले । आफु सग आर्थिक अवस्था नभए पनि उनले तीन सय बढि अलपत्र मजदुरहरुको उद्दार गरेका छन ।


देशका विभिन्न जिल्लाहरु,पोखरा,गोर्खा,धादिङ,काभ्रे,सिन्धुपाल्चोक,काठमाडौ लगाएतका जिल्लामा रहेका सल्यानका मजदुरहरुको उनले उद्दार गरेका हुन । उनको पहलमा सल्यानका केहि ब्यक्तिहरुले पनि साथ दिएपछि यो सम्भव भएको हो । उनले सल्यान सगै छिमेकी जिल्ला रुकुमका केही यात्रुको पनि उद्दार गरेका छन ।

शाह नेपाली काँग्रेसका नेता भएकाले पनि सल्यान बाट बिभिन्न जिल्लामा मजदुरी गर्न पुगको जिल्लाबासी मजदुरहरुले उद्दार गरिदिनु परो भनेर अनुरोध गरिरहेका थिए । शाहले मन देखि सहयोग गर्ने सोच भएपनि लाग्ने आर्थिक क्षमता थिएन । तर उनले जसरी हुन्छ लकडाउनमा फसेका जिल्लाबासीको उद्दार गर्नै पर्ने सोच बनाए । जिल्ला देखि दाङ हुदै काठमाडौ सम्म फोन गदै सबै ब्यवस्था मिलाए । दाङ र सल्यान बाट ४ वटा गाडी काठमाडौँ झिकाए उनले शुक्रबार सम्म ३ सय हाराहारीमा मजदुर तथा अन्य केहिलाई सल्यान झारेका छन ।

यो अभियानमा कल्पदीप राईले पचास हजार,प्रनिश जंग शाहले पचास हजार र नेपाली काँग्रेस सल्यान काडमाडौ सम्पर्क समितिले १३ हजार पाच सय सहयोग गरेको थियो । त्यस्तै सल्यानकै कर्ण बहादुर ओली र श्याम गौतमले ८ हजार बराबर नगद र राशन त्यस्तै निर्धन उत्थान बैँक सल्यानका कर्माचारीको तर्फ बाट १५ हजार सहयोग भएको थियो ।

शारदा नगरपालिका सल्यानका मेयर सुरेश अधिकारीको ८० हजार सहयोग बाट पनि यात्रुहरु सल्यान पठाउन सहज भएको शाहले बताए । शाहले विहिबार सम्म ४ गाडीमा अटे सम्म यात्रुहरु सल्यान पठाएका थिए । यात्रुहरु सल्यान सम्म पठाउन आफुलाई नेबिसघ देखि पाटीका नेता तथा कार्यकर्ताहरुले समन्वय गरेको शाहले बताए ।

Recent Update