July 31, 2021, Saturday
२०७८ श्रावण १६

बागलुङ कि १९ बर्षीया युवतीले पनि जितिन काेराेना निकाे हुने ११ पुगे

510

बागलुङको पहिलो तथा नेपालको पाँचौँ कोरोना संक्रमित १९ एक युवतीले पनि कोरोनालाई जितेकी छिन् । उनको शुक्रबार छैटाैँपटकको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै उनलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

उनको यसअघि लगातार चौथोपटकसम्मको रिपोर्ट पोजेटिभ देखिएको थियो । बिहीबार पाँचौँपटकको परीक्षणमा भने नेगेटिभ देखिएको थियो । पाँचौँपटकको रिपोर्ट नेगेटिभ आएसँगै त्यसको २४ घन्टाभित्रै पुनः छैटाैँपटकको परीक्षणका लागि थ्रोट स्वाब पोखरा पठाइएकोमा उक्त रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

यस अगाडि पनि बागलुङमा ६५ बर्षीया एक बृद्ध र अर्कि एक युवती पनि यस अगाडि डिस्चार्ज भैसकेका छन ।तीन जना संक्रमित भएको बागलुङ संक्रमित सबै सन्चो भएको जिल्ला भएको छ । देशभर काेराेना भाइरस बाट निकाे भएर घर फर्कनेकाे संख्या ११ पुगेको छ ।