February 25, 2021, Thursday
२०७७ फाल्गुन १३

नेपाली सेनामा साँढे ३६ वर्ष सेवा गरेर अवकास भए जर्नेल शाह 

1.8K

नेपाली सेनाका उपरथी (जर्नेल, विशिष्ट श्रेणी)का सुवर्ण शाह २०७७ पुस २९ गतेबाट अवकास भएका छन् । नेपाली सेनामा २०४१ सालमा क्याडेटमा भर्ना भएका उपरथी शाह  उमेर हदकाे कारणबाट अवकास भएका हुन्  । दुई तारे जर्नेल  सुवर्ण शाहले नेपाली सेनामा साँढे ३६ वर्ष सेवा गरेर अवकास भएका छन् । 

 सुवर्ण शाहकाे विदाई नेपाली सेनाकाे इतिहासमै पहिलाे पटक भएकाे चर्चा नेपाली सेनाका अधिकृतहरूले गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाकाे निर्देशनमा उपरथी  सुवर्ण शाहकाे  विदाई  २०७७ पुस २७ गते विशेष  रूपमा औपचारिक कार्यक्रमकाे आयाेजना गरेरै गरियाे ।
 
नेपाली सेनाकाे विशिष्ट पदसम्म पुगेर नेपाल राष्ट्र र नेपाली सेनाकाे संस्थागत हितमा काम गर्दा कुनै विवाद नपरी निष्कलंक छवि बनाएर  उपरथी  सुवर्ण शाह औपचारिक रूपमा विदा हुने पहिलाे जर्नेल बनेका छन् ।

 भद्र स्वभावका शालिन व्यक्तित्वका धनी जर्नेल शाहकाे बारेमा नेपाली सेनाले  पीएसओज् हहरूकाे समेत उपस्थितिमा  शाहले  सेवामा रहँदा पुर्याएकाे याेगदानकाे वारेमा प्रस्तुति गरेर र मायाँकाे चिनाे समेत प्रदान गरेकाे थियाे । आफ्नाे प्राेफेसनलमा इमानदार बन्दै स्वच्छ छवि कायम राखेर नेपाली सेनाबाट औपचारिक रूपमा विदा भएपनि  जर्नेल शाहले संस्थाकाे हितमा जीवनभर समर्पित रहने  बताएका छन् ।