October 31, 2020, Saturday
२०७७ कार्तिक १६

वैशाख १८ मा नेपाल एयरलाइन्सको वाइडबडी जहाज दक्षिण काेरिया जाने

1.4K

नेपालमा बिदामा आएका र कोरियाको भिसा लागेर पनि जान नपाएका नेपालीहरु चार्टर्ड बिमान मार्फत दक्षिण काेरिया जाने भएका छन ।उनीहरूलाई बोकेर नेपाल एयरलाइन्सकाे विमान दक्षिण कोरिया जाने निश्चित भएको छ ।

वैशाख १८ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरिया जान लागेको हो । चार्टर्ड गरेर जहाज कोरिया लिन लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

यसअघि मन्त्रीपरिषद् बैठकले कोरिया जान अड्किएका नेपालीलाई लकडाउनकै अवधिमा समेत जान दिने निर्णय गरेको थियो ।
ए३३० जहाज १८ वैशाखमा बिहान १० बजे कोरियाको सियोलस्थित इञ्छन विमानस्थल काे लागि उड्नेछ ।
सो विमान वैशाख १९ गते बिहान १ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ । दक्षिण काेरिया बाट नेपाल फर्कदा भने जहाज रित्तै र्फकने भएको छ ।

कोरियाको भिसा रहेका बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरी कोरिया पठाउन दिने यस अगाडि मन्त्रीस्तरीय बैठकले निर्णय गरि सकेको छ ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत बिदामा नेपाल आएका काेरिया जान इच्छुक कामदारले वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखामा सम्पर्क राख्न अनुरोध गरिएकाे छ ।हाल कति श्रमिकहरु नेपाल आएका छन र कति दक्षिण काेरिया फर्कने हुन भन्ने एकिन भने भएको छैन ।

Recent Update