October 25, 2020, Sunday
२०७७ कार्तिक ९

कोरोनाका कारण गर्भधारण अत्याधिक वृद्धि हुन सक्ने चिन्ता

840

राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले काेराेना भाइरस को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा  अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ।

यूएनएफपिएद्वारा मंगलबार जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी  महिनामा लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपण समेत गरेको छ।
महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रुपमा यूएनएफपीए  क्रियाशील रहेका छ।

काेराेना भाइरसको जोखिमका प्रभाव महिला तथा किशोरीहरुमा धेरै मात्रामा पर्ने, उनीहरुको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँच समेत उनीहरुले छाड्न सक्ने र सिङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औल्याएको छ

Recent Update