न्युज २४ टेलिभिजन बाट प्रशारण हुने लाेकप्रिय कार्यक्रम “सिधा कुरा जनतासँग”काे प्रशारण बिहीबार बाट बन्द हुने भएको छ । सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहेको “‘सिधा कुरा जनतासँग’” कार्यक्रम बन्द हुने कुरा प्रस्ताेता लामिछानेले नै पुष्टि गरेका छन ।
रविले न्युज २४ बाट बिदा लिने भएपछि उक्त कार्यक्रम पनि स्वत बन्द हुने स्रोतले बताएको छ । संचारकर्मी लामिछानेले फेसबुकमा यस्तो लेखेर सबैलाई धन्यवाद दिएका छन ,भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसरकालागि सम्पुर्ण news२४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।
हप्ताको तीन दिन प्रसारण हुने सो कार्यक्रम निकै लाेकप्रिय मानिन्थ्यो । उक्त कार्यक्रम बन्द हुने भएपछि लाखौं स्राेताहरु निराश भएका छन ।स्रोतका अनुसार न्युज २४ छाडेपनि रवि लामिछाने छिट्टै नयाँ टेलिभिजनमा यहि पेशालाई निरन्तरता दिने हल्ला पनि छ ।केही ब्यवसायीसँगको सहकार्यमा नयाँ टेलिभिजन ल्याउने तयारी गरिरहेकाे स्रोतले बतायो।