February 28, 2021, Sunday
२०७७ फाल्गुन १६

यी हुन नेपालकाे पहिलो जंगल वारफेर तालिम पुरा गर्ने साहसिक महिला सैनिक

411

नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयकी सैनिक जवान राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन् ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार उनी १५ असार २०६९ सालमा सैन्य दर्जामा भर्ना भएकी थिइन् । सैन्य आधार तालिमपछि शिक्षालयमा कार्यरत उनी उच्च स्तरको शारीरिक एवं मानसिक क्षमता चाहिने तालिममा सहभागी भएकी हुन् ।

उनले तालिम सफलतापूर्वक सम्पन्न गरेर साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।तीन महिनासम्म चल्ने अत्यन्तै कठिन उक्त तालिममा जंगल नेभिगेसन, धराप निर्माण, जंगल सर्भाइभल टेक्निक, सर्पदंश व्यवस्थापन लगायतका सैनिक ज्ञान र सीपहरु सिकाइन्छ । उनले बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ एण्ड मेन्टिनेन्स तालिमसमेत लिइसकेकी छन् ।अनलाइन खबर