February 28, 2021, Sunday
२०७७ फाल्गुन १६

वडा अध्यक्षले अधिकृतलाई हाेटलमा लिएर हातपात गरेपछि स्वर्गद्वारीका कर्मचारी आन्दोलित

359

स्वर्गद्वारी नगरपालिका प्यूठानका प्रशासन तथा योजना अधिकृतलाई एकजना वडा अध्यक्षले हाेटलमा लिएर कुटपिट तथा हातपात प्रयास गरेपछि उक्त नगरपालिका अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन ।

बिहिवार कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नगरपालिका भित्रका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको जानकारी गराएका छन । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ प्यूठानका वडा अध्यक्ष टेक बहादुर भट्टराई र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ बस्ने गणेशमान कालाथोकीले नगर कार्यपालिकामा कार्यरत प्रशासन तथा योजना अधिकृत पुरन चन्द्र आचार्यलाई कर्मचारीको खटन पटनको विषयलाई लिएर होटेलमा बाेलाएर दुर्ववहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएकाे जनाएका छन । वडा अध्यक्ष भट्टराईले गाली बेइज्जती गर्ने , हातपात गर्ने , धम्की सहितका अमानवीय व्यवहार गर्ने जस्ता व्यवहार प्रति घोर भ्रत्सना गर्दछौं भन्दै कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन ।

जनप्रतिनिधि तथा केही नागरिकका यस्ता व्यवहारले सम्पूर्ण कर्मचारी असुरक्षित महसुस गरेको र सुरक्षाको प्रत्याभूति दिलाउदै दोषीलाई कडा कार्वाही गरी पीडितलाई न्यायको माग गर्दै तबसम्मको लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आफूलाई कार्यालयमा आएर गणेशमान कालाथोकी ( भिम ) ले पटकपटक तपाईंसङ्ग काम छ भन्दै बोलाए पछि बाहिर जादा भिमले समाएर होटेल इन्द्रजाल होटेलको एउटा कोठाभित्र लगेर त्यही कोठाभित्र चुकुल लगाएर हातपात गरेको भन्दै त्यो कोठामा पहिलेदेखि नै वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर भट्टराई ( पदम ) बसिरहेको प्रशासन तथा योजना अधिकृत पुरन चन्द्र आचार्यले बताए ।
कर्मचारीको सरूवापत्र च्यातिदिएर जनप्रतिनिधिले कर्मचारी हाजिरी हुन नदिए पछिको प्रक्रियामा यो घटना भएको आचार्यले जानकारी दिए । एउटा होटेलमा लगेर कर्मचारीको सरूवा तथा खटनपटन बारेमा सोध्दै अमानवीय व्यवहार गरेको भन्दै आचार्यले भने ,” कोठाको चुकुल लगाएर पदम जी ले आफ्नो कुरा राखिरहनु भयो तर भिम जी ले हातपात गर्दै मुख छोड्दै धम्की दिनु भयो ।” वडा अध्यक्षकाे यस्तो हर्कतकाे कर्मचारी जगत बाट सर्वत्र निन्दा गरिएको छ ।