February 25, 2021, Thursday
२०७७ फाल्गुन १३

बिराेध सभामा आफ्नैलाई नारायणकाजि नराम्रो सँग पड्किएपछि…….

458

शुक्रबार दिउँसो काठमाडौमा प्रतिनिधि सभा विघटनको बिराेधमा प्रचण्ड माधव समुहको विराेध सभा कार्यक्रममा चारै तिर बाट जुलुस आउने क्रममा जारि थियो ।माधव नेपाल ,प्रचण्ड ,नारायणकाजि श्रेष्ठ लगाएतका नेताहरु पुतलीसडक बाट भृकुटीमण्डप हुदै अगाडि बढिरहेका थिए ।मञ्च बाट पम्फा भुसालले सबै जुलुसलाई भद्रकाली हुदै रत्नपार्क भएर सभामा परिणनत हुने भएकोले सबै जुलुसमा सहभागी हुन अनुरोध गरिन ।यसै क्रममा अचानक माधव नेपाल ,प्रचण्ड र झलनाथ खनाल लगाएत नेताहरु मञ्चमा उक्लिए ।

संचालक भुसालले गरेको अनुरोध विपरीत जुलुसमा सहभागी नभएर नेताहरु मञ्चमा उक्लिए पछि कार्यकर्ता अलमलमा परे ।नेता नेपाल र प्रचण्डले जुलुस स्थगित गरेर ओैपचारिक कार्यक्रम सुरु गर्न अनुरोध गरे ।त्यसपछि फेरि संचालक भुसालले परिक्रमा गर्ने भनेको जुलुस स्थगित भएको जानकारी गराइन ।त्यतिबेला सम्म नारायणकाजि पुर्व घाेषित अनुरोधलाई पालना गर्दै जुलुसकाे नेतृत्व गरि भद्रकाली तर्फ अगाडि बढि रहेका थिए ।फेरि संचालक भुसालले प्रवक्ता नारायणकाजि श्रेष्ठलाई मञ्चमा अाउन आग्रह गरिन ।केही मिनेट पछि निकै आक्रमक पारामा नारायणकाजि मञ्चमा उक्लिए ।

अगाडिको साेफामा बसेका प्रचण्ड ,झलनाथ र माधवलाई एक शब्दमा हप्काउदै नारायणकाजिले भने, के हाे याे घरि यता जा घरि उता जा ? नारायणकाजि नराम्रो सँग पड्केपछि प्रचण्डले नरम पारामा समय कम छ परिक्रमा स्थगित गरिएको हाे भनेर सम्झाए ।यतिबेला झन नारायणकाजि अस्वभाविक रुपमा रिसाएर ।

याे दृश्य सहभागी सबैले तल बाट हेरिरहेका थिए ।यतिकैमा पम्फाले फेरि सम्झाउन खाेजिन तर पनि नारायणकाजिकाे रिस मरेन ।फेरि माधवले सम्झाउन खाेजे तर पनि नारायणकाजि राेकिएनन। त्यतिकैमा नेताहरुकाे सुरक्षा जिम्मा लिएका राम प्रसाद सापकोटाले नारायणकाजिलाइ सम्झाउन खाेजे उनलाई पनि नराम्रो सँग उनलेे हप्काए ।

नारायणकाजिकाे अस्वभाविक प्रस्तुतिले सबैकाे ओठमा बनावटी हासाे देखिन्थाे ।नारायणकाजिकाे एउटामात्र माग थियो एकपटक कार्यकर्ता सँग केन्द्रीय नेतृत्व जुलुसमा हिडेर परिक्रमा गर्नुपर्ने ।तर जुलुसमा लामाे समय सम्म हिडेकाले नेपाल ,दाहाल र खनाल निकै थकित भएर मञ्च तिर लाग्दा नारायणकाजि नराम्रो सँग पड्किनु परेको हाे ।नारायणकाजी कार्यक्रम सुरु भएको पछि सम्म पनि निकै कालाे अनुहार बनाएर बसेका थिए ।कार्यक्रमकाे ब्यवस्थापनमा नारायणकाजीकाे धेरै असहमति भएको प्रस्ट बुझिन्थ्याे ।