November 28, 2020, Saturday
२०७७ मंसिर १३

उत्तर काेरियाका सर्वोच्च नेता किम जाेङ उन बिरामी भएकाे सरकारी टेलिभिजन द्वारा सार्वजनिक

567

किम जाेङ उन

उत्तर कोरियाको सरकारकारी टेलिभिजनले पहिलो पटक त्यहाँका सर्वोच्च नेता किम जोङ उन बिरामी भएको समाचार सार्वजनिक गरेको छ । बिहिवार एक भिडियो फुटेज सार्वजनिक गर्दै सो टेलिभिजनले किमको स्वास्थ्य स्थिति सामान्य नभएको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उक्त टेलिभिजनले किमको उच्च प्रशंशा गर्दै उनको स्वास्थ्य बारे बोलेको हो । किमलाई आफ्नो देशको ज्योति, पथ प्रदर्शकको रुपमा चित्रण गरिएको उक्त भिडियो सन्देशमा किमलाई युरिक एसिड, कोलेस्ट्रोल, मोटोपना, मधुमेय तथा उच्च रक्तचाप लगायतका रोगहरुले च्यापेको बताइएको छ । उत्तर काेरियाका घटनाहरुकाे बारेमा त्यहाँको सरकारि संचारमाध्यमले खुलासा नगरे सम्म समाचारहरु पुष्टि हुन गाह्राे मानिन्छ ।अब किम बिरामी अवस्थामा रहेको भन्ने पक्का पुष्टि भएको छ ।

दक्षिण कोरियाका उत्तर काेरिया बिशेषज्ञहरुका अनुसार हाल उनको उपचारमा रसिया, जर्मनी तथा फ्रान्स लगायतका चिकित्सकहरुले गरिरहेका छन् । उता अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले केही समयदेखि उत्तर कोरियाका नेता किम जङ-अनलाई अमेरिकी अधिकारीहरूले नदेखेको र उनको स्वास्थ्य बारे भइरहेको चर्चा नियालिरहेको बताएका छन्।

ती अधिकारीहरुले उत्तर कोरियामा कोरोनाभाइरसको प्रकोप वा अनिकाल हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। उत्तर कोरियाका ३६ वर्षीय नेता गत एप्रिल १२ देखि सार्वजनिक रूपमा देखा परेका छैनन्। तसर्थ उनी गम्भीर बिरामी परेको अनुमान गरिएको बिबिसीले जनाएको छ ।तर छिमेकी दक्षिण कोरियाले उनको स्वास्थ्यसम्बन्धी समाचार सत्य नभएको दावी गर्दै आएको छ ।

Recent Update