काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ३८३ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १३३ जनासहित देशैभरी २७० जना कोरोना संक्रमित थपिएका हुन् ।
आज थपिएका २७० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।
त्यसैगरी आज देशैभरी ४०३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४०३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । निको हुनेको यो दर ९८ प्रतिशत हो ।
त्यसैगरी आज देशैभरी ७ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २००१ पुगेको छ ।