February 25, 2021, Thursday
२०७७ फाल्गुन १३

पशुपति मन्दिरमा मागेर खाने महिलाको हत्या

86

हत्या आराेपितहरु

पशुपतिनाथ मन्दिर परिसरमा ३५ वर्षीया महिलाको हत्या भएको छ । मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी बबितादेवी चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  हत्यामा संलग्नताको आशंकामा प्रहरीले मृतक चौधरीका श्रीमान ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भएकी अनु थापा उर्फ ठुलो चल्लीलाई पक्रेको छ । 

अनुको मोवाइल चोरेको आरोपमा तीन दिनअघि उनी सहितका केही केटाले बबितालाई कुटेका थिए । मृत्यु भएपछि उनको शव जलाउने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  ‘सामान्य जलेको अवस्थामा शव बरामद गरेका छौं’ महानगरीय प्रहरी वृत्त गौशालाका इन्सपेक्टर जनक ढुंगानाले भने– ‘शंकास्पद दुई जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेका छौं ।

बबिताको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । उनी दुई वर्षदेखी मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी थिइन् । हत्यामा संलग्नहरुले चाउचाउको काटुर्न प्रयोग गरेर शव जलाउने प्रयास गरेको तर, नजलेपछि गाड्नका लागी खाल्डो समेत खनेको बताइएको छ ।राताेपाटी