October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

राष्ट्रिय सँगीतकर्मी संघकाे राहत वितरण जारी हाल सम्म तीन हजार पिडितलाई वितरण

1.6K

नेपाली कलाकर्मीहरुको संस्था राष्ट्रिय सँगीतकर्मी संघले काठमाडौका विभिन्न स्थानमा कलाकार तथा अलपत्र नागरिकहरुलाई राहत वितरण गर्दै आएको छ । चार हप्ताको अवधिमा हाल सम्म तीन हजार बढि पीडितलाई राहत बाडेकाे संघले जनाएको छ ।

लकडाउनको समयमा समस्या परेका कलाकारहरुलाई लक्षित गदै सुरु गरिएको राहात वितरण कार्य अलपत्र परेका नागरिकहरु सम्म पनि जोडिएको छ । कहिले चेपाङ समुदाय त कहिले पुल मुनि रात विताइरहेका अलपत्र मानिसहरु समक्ष पुगेर संघले राहत वितरण गरिरहेकाे छ ।

लकडाउन सुरु भएको भाेलिपल्ट देखि सुरु भएको राहत वितरण निरन्तर जारि छ । हामी एकदिन पनि आराम नगरि निरन्तर राहत वितरणकाे लागि फिल्डमै छाै चलचित्र निर्माता तथा गायक राष्ट्रिय संगीतकर्मीसंघका महासचिव बिक्रम जङ्ग शाह भन्छन् ।

संस्था आफैले ब्यवस्थापन गरेर राहत वितरण गर्दै आएको हाे । पहिलो प्राथमिकता कलाकारलाई भएपनि केहि दिन यताबाट अन्य अलपत्र नागरिकलाई पनि राहत वितरण सुरु गरिएकाे हाे । संघका पदाधिकारी तथा अन्य शुभचिन्तकहरु बाट सहयोग जम्मा गरेर सुरु गरिएको राहत वितरण कार्य निरन्तर जारि छ ।

शुक्रबार काठमाडौ बाट घरबार विहिन एक अलपत्र बृद्ध पुरुषको उद्दार समेत गरिएको छ । अत्यन्तै विजाेग अवस्थाका पुरुषलाई उद्दार गरि हाल दक्षिण काेरियामा रहेकि समाजसेवी गाेमा सापकोटाकाे काठमाडौ स्थिति घरमा बस्ने ब्यवस्था मिलाइएको महासचिव शाहले बताए । गाेमा सापकोटाले आफ्नो घरमा बसाल्न अनुमति दिनु भयो हामीले राहत उपलब्ध गराएर घरमै पुर्यायाै शाहले भने ।

चर्चित गायक तथा राष्ट्रिय सँगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कार्की बिपत ब्यबस्थापन समितिका संयाेजक तथा महासचिव बिक्रम जङ्ग शाह लगायत चर्चित गायक गायिका साथै संघका पदाधिकारीहरु अमृत खाती, उमा श्रेष्ठ , नमराज ढुंगाना, श्याम धिताल, सीर्जु अधिकारी ,राजकुमार हुमागाई, होम सुवेदी ,मीलन श्रेष्ठ, सुमी श्रेष्ठ, लगायत सम्पुर्ण कार्यसमिति दैनिक ३ वटा समूह बनाएर राहत बितरणमा खटदै आएको छ ।


काठमाडौ,भक्तपुर ललितपुरका विभिन्न स्थानमा पुगेर टाेलिले राहत बाडदै आएको छ ।सघंकाे यस्तो कार्यकाे सबै तिर बाट प्रशंसा भएको छ ।

Recent Update