October 25, 2020, Sunday
२०७७ कार्तिक ९

उत्तर कोरियाली नेता सार्वजनिक रूपमा देखिँदा ट्रम्प खुशी 

552

फाइल फाेटाे

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उन पुनः सार्वजनिक रूपमा उपस्थित भएकोमा र स्वस्थ देखिएकोमा आफूलाई “खुशी” लागेको बताएका छन्। एउटा रासायनिक मल उद्योगको उद्घाटन समारोहमा किम उपस्थित भएको विवरण सार्वजनिक भएपछि ट्रम्पले ट्वीटमार्फत् खुशी व्यक्त गरेकाे बिबिसीले जनाएको छ  ।उनले भनेका छन्, “उनी फेरि फर्किएकोमा र स्वस्थ देखिएकोमा म खुशी छु।”करिब तीन हप्तायता पहिलो पटक शुक्रवार किम सार्वजनिक रूपमा देखिएको विवरण सार्वजनिक भएको थियो।

एप्रिल १२ तारिखमा सरकारी सञ्चारमाध्यममा अन्तिम पटक देखिएयता नेता किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका थिए।उत्तर कोरियाली नेताको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी र हल्लाबीच सोमवार ट्रम्पले किमको अवस्थाबारे आफूलाई “राम्रो ज्ञान भएको” उल्लेख गरे पनि “त्यसबारे कुरा गर्न नसक्ने” भने।उनले भने, “म उनको राम्रो होस् भन्ने कामना गर्छु।”

ट्रम्प र किमले पछिल्ला वर्षहरूमा एउटा फरक खालको सम्बन्ध बनाएका छन्।सन् २०१८ यता दुई नेताले तीन पटक भेटवार्ता गरेका छन् र व्यक्तिगत पत्रहरू आदानप्रदान गरेका छन् जसलाई ट्रम्पले “उत्कृष्ट” भन्ने गरेका छन्।उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले मल उद्योगबाहिर किमले रिबन काट्दै गरेका तस्वीरहरू सार्वजनिक गरेको थियो।

Recent Update