November 27, 2020, Friday
२०७७ मंसिर १२

सिराहामा स्थानीय र प्रहरी बिच झडप प्रहरी द्वार हवाई फायर

696

राहत वितरणका क्रममा सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । झडपका क्रममा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् ।

मिर्चेया नगरपालिका वडा नम्बर ७ मा पछिल्लो तीन दिन यता विपन्नलाई राहत वितरण गरिँदै आएको छ । सोमबार राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेका छन् ।

Recent Update