March 1, 2021, Monday
२०७७ फाल्गुन १७

लकडाउनकाे साथी टिकटक चर्चामा बिस्तारै बिस्तारै तिमी मेरी

577

लकडाउनका कारण अहिले मानिसहरु फुर्सदमा दिन कसरी विताउने भन्ने चिन्तामा छन ।चाहे स्वदेश मा हाेस चाहे विदेशमा हाेस मानिसहरु यतिबेला समय विताउन मुश्किल मानिरहेका छन ।समय विताउन अनेक चिज सग नजिक भएर समय विताइरहेका छन । काेहि मिठा मिठा परिकार बनाएर खाने,काेहि साहित्य सृजनाहरु गर्ने,काेहि विभिन्न पुस्तक पढने आदि । युटवमा विभिन्न रमाइला रमाइला सामाग्रीहरु रहेर पनि धेरैले समय विताइरहेका छन ।

यस्तै समय विताउन धेरैकाे रहर टिकटक बनाएर वित्ने गरेको पाइन्छ ।सामाजिक सञ्जालमा टिकटक बनाएर अपलाेड गरेको धेरै सामाग्रीहरु प्रशस्त देखिन्छन । विभिन्न गित संगितमा बच्चा देखि पाका उमेरका सम्म टिकटकमा रमाइलो गरिरहेकाे पाइन्छ । टिकटककाे लागि चर्चित कलाकारहरुले तयार पारेका गितसंगितहरु बढि प्रयोगमा रहेका छन ।

कतिपयले आफ्नै सृजनामा पनि टिकटक कमेडिहरु तयार पारेर हसाउने गर्छन ।यस्तै टिकटक बनाउन पछिल्लो समय धेरैकाे राेजाइमा गायक तथा संगीतकार चिरञ्जीवि भण्डारी र मेलिना राईको स्वरमा नयाँ गित ‘बिस्तारै बिस्तारै तिमी मेरी’ यतिखेर चर्चामा छ ।

लकडाउनको समयको सदुपयोग गर्दै धेरै गायक भण्डारीको गीतमा टिकटक बनाएका छन् । यूट्यूबमा पनि उत्तिकै रुचाइएको गीतलाई टिकटकमा पनि रुचाइएपछि गायक भण्डारी यतिखेर खुसि छन् ।

प्रतिमा गुरुङको शब्द रहेको सो गीतको भिडियोमा अभिनेत्री मोडल जेविका कार्की र गायक चिरञ्जीवी भण्डारीले अभिनय गरेका छन् ।गीतमा गायक चिरन्जीवीकै संगीत रहेको छ भने भिडियोलाई भण्डारीको आफ्नै युट्युब च्यानलबाट केही समय अगाडि बजारमा ल्याइएको हाे ।


भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् भने’ उत्सव दाहालको छायांकन’ बिष्णु खड्का’को भिडियो सम्पादन रहेको छ ।गीतको म्यूजिक भिडियोमा प्रेमि र प्रेमीका’को सुमधूर सम्बन्धलाई देखाइएकाे छ ।