May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४

क्यानडाको पशुपतिनाथ मन्दिरको पुजा पाठका दृश्य युटुब मार्फत दर्शन

485

संसारभर फैलिएका हिन्दु धर्मालम्विहरुका आस्था र आरोध्यदेव पशुपति नाथको सामान्य दैनिक पुजापाठ वाहेक कोरोना महामारीका कारण सर्वसाधरण श्रद्धालु भक्तजनहरुका लागि वन्द छ । यसो त पशुपतिनाथ संगै देश विदेशका सवै जसो मठ मन्दिर लगायतका विभित्र धार्मिक क्षेत्रहरु पुर्णरुपमा बन्द छन ।

पशुपतिनाथको आस्थालाई आत्मसात गरि नेपालमा रहेको पशुपतिनाथको मन्दिरको स्वरुप विभिन्न देशहरुमा स्थापना भएका छन । यसै गरि क्यानडामा स्थापना गरिएको पशुपतिनाथ मन्दिरमा दैनिक पुजापाठ गरिदै आएको भएपनि पछिल्लो समय कोरोनाको महामारी पछि मन्दिर दर्शनका काम प्रभावित छन ।

यसै विच क्यानडामा श्रद्धालु भक्तजनका लागि स्थापना गरिएको पशुपतिनाथको मन्दिरका पुजापाठका गतिविधि नेपाली तथा भारतिय भक्तजनहरुलाई युटुब बाट उपलब्ध गराइने भएको छ । क्यानडा स्थित नेपाली तथा भारतीय भक्तजनहरुको धार्मिक आस्थालाई मध्यनजर गर्दै युटुब मार्फत नियमित पूजापाठका गतिविधि देखाइने नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर (एनसिएचसी)का अध्यक्ष राम पौडेलले बताए ।पशुपतिनाथ क्यानडा च्यानल मार्फत गतिविधिहरु सार्वजनिक गरिने छ।

श्री पशुपति मन्दिर संचालक समितिले मंगलबार बाट मन्दिरका दैनिक गतिविधि युटुब च्यानल मार्फत भक्तजनहरुको लागि उपलब्ध गराउने जानकारी दिएको हाे । मन्दिरमा दैनिक पुजापाठ हुनेछ पुजापाठका गतिविधि भक्तजनहरुले च्यानल मार्फत हेरेर धार्मिक आनन्द प्राप्त गर्न सकिने क्यानेडियन हेरिटेज सेन्टर(एनसिएचसी)का डाइरेक्टर हेमन्त दाहालले बताए ।

हरेक नेपालीहरुले नेपाल र नेपाली मौलिक सनातन धर्मप्रति अटुट आस्था र विश्वास गर्ने गरेकाले आफ्नो मौलिकताको जर्गेर्ना गर्न यस मन्दिर स्थापना गरि नियमित धार्मिक कार्य गरिदै आएको क्यानडाका युवा समाजसेवी बसन्त कार्की बताउछन् । उनी भन्छन नेपालीहरु क्यानडा भित्रीएको इतिहास ४० बर्ष पुरानो छ तर पछिल्ला बर्षहरुमा नेपाली बाक्लो हुदै गएपछि हिन्दु मन्दिरको आवश्यकता पनि बढेको हाे ।

नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर(एनसिएचसी)को अगुवाइमा ग्रेटर टोरोण्टो क्षेत्रको ब्राम्टनस्थित ७९५५ तोरब्राम रोडमा केहि बर्ष अगाडि एक तले भवन खरिद गरि पशुपतिनाथ मन्दिर निर्माण गरिएको थियो ।

करिब ३ करोड रुपैयाँमा खरिद गरिएको मन्दिरका लागि चन्दा संकलन तथा विभित्र ब्यक्ति र समुदाय बाट जम्मा भएको सहयोगले मन्दिर निर्माण गरिएको थियो ।शिवरात्री, तिज लगायतका अन्य पर्वहरुमा विशेष पूजापाठ गरिन्छ ।