April 12, 2021, Monday
२०७७ चैत्र ३१

एसईई परीक्षा नगरि आन्तरिक मुल्यांकन बाट पास गराउन प्याब्सनकाे माग

200

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ ।कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तिमार्फत प्याब्सनले यस्तो आग्रह गरेको हो ।

विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय कार्य समिति उपयुक्त ठहर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । अब समय पनि नभएको र विद्यार्थीहरुले स्वच्छ तरिकाले परिक्षामा भाग लिन सक्ने वातावरण पनि नभएको भन्दै याे बर्षकाे लागि मात्रै सरकारले प्रणाली फेरबदल गरेर समस्या समाधान गर्न सुझाव दिएको हाे ।