April 19, 2021, Monday
२०७८ बैशाख ६

राेल्पाकाे दुई खाेली देखि थवाङ सम्मकाे माउन्टेन बाइक ट्रेकिङ पदमार्ग छनाैट

355

पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले देशभरबाट २ सय वटा गन्तव्य स्थल छानिएका छन् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाहरुको समन्वयमा विभिन्न परियोजना र आयोजनाहरु छनोट भएका हुन् ।

मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये २ सय गन्तव्य छनोट भएको हो । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् ।

आयोजनाका लागि सरकारले ६ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।यस्तै राेल्पाकाे दुई खाेली गाउँ पालिका अन्तर्गत गाैरी चाैर देखि छड्केधुरी फुलबारी हुदै थवाङ जाेडने युद्ध तथा धार्मिक पर्यटनका लागि माउन्टेन बाइक ट्रेकिङ पदमार्ग छनाैट भएको छ ।उक्त आयाेजना निर्माणका लागि मन्त्रालयले साझेदारी बजेट समेत विनियोजन गरेको छ ।जिल्ला भर बाट मन्त्रालयले उक्त गाउँपालिमा मात्रै याेजना छनाैट गरेको हाे ।