October 22, 2020, Thursday
२०७७ कार्तिक ७

मदिरा ब्यावसायी द्धारा समस्यामा परेकालाई राहत सामग्री वितरण

1.8K

नेपाल मदिरा ब्यबसायी महासंघ र मदिरा ब्यबसायी संघ काठमाडाैकाे संयुक्त आयोजनामा काठमाडाैका विभिन्न स्थानमा ज्याला मजदुरी गरेर जिविका चलाउने विपन्न ५० परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ ।

नेपाल मदिरा ब्यावसायी महासंघ र मदिरा ब्यबवसायी संघ काठमाडौ जिल्लाले विपन्न परिवारलाई ५० वोरा चामल, ५० केजी दाल, ५० प्याकेट नुन र ५० प्याकेट तेल वितरण गरिएको मदिरा ब्यावसायी संघ काठमान्डौ जिल्ला अध्यक्ष गोविन्द प्रसाद वरालले वताए ।

राहत वितरणमा महासंघका अध्यक्ष सोनाम शेर्पा, काठमाडौ जिल्ला अध्यक्ष गोविन्द प्रसाद वराल, वागमति प्रदेशका अध्यक्ष मदन गौतम र स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाल मदिरा ब्यबसायी महासंघको पहलमा यस अगाडि पनि विभिन्न विपन्न परिवारहरुलाई खाद्यान्न लगाएत राहत वितरण गरिएको थियो । मदिरा ब्यबसायीहरुको पहलमा विभिन्न जिल्लामा समेत विपन्न परिवारका लागि राहत वितरण हुदै आएको छ ।

यसै गरि मदिरा ब्यबसायी महासंघले काठमाडौँ, ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा सुरक्षाकर्मीहरु र अर्थोपेडिक अस्पताल नारायनटारका विरामी तथा स्वास्थ्यकर्मीहरुलाई माकस, सेनिटाईजर लगायतका सामग्रीहरु समेत वितरण गरिएको छ ।

कोरोना संक्रमण बाट बच्नका लागि मदिरा ब्यबसायी संघ प्रदेश तथा जिल्लाहरुले पनि सेनिटाइजर, माक्स लगायतका विभिन्न सामग्रीहरु वितरण गरेका छन । राज्यले मदिरा ब्यबसायीहरुलाई सौतेनी ब्यबहार गरेपनि देशमा संकट आउदा मदिरा ब्यबसायीहरुले सधै सामाजिक उत्तरदायित्व निवार्ह गर्दै आएको काठमान्डौ जिल्ला अध्यक्ष वरालले वताए ।

नेपाल मदिरा ब्यबसायी महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गदै आएको छ । तत्काल थप ३०० परिवारहरुका लागि राहात वितरण गरिने र आगामी दिनहरुमा आवश्यकताका आधारमा थप राहात तथा उद्धारका लागि काम गर्न योजना वनाउने महासंघका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।

Recent Update