May 16, 2021, Sunday
२०७८ जेष्ठ ३

पाेखरा समाज अष्ट्रेलिया द्वारा राहत संकलन गर्दै

222

कास्कीकाे पाेखराबासीहरुले अष्ट्रेलियामा आर्थिक राहत संकलन अभियान सुरु गरेका छन ।काेराेना भाइरसका कारणले विश्व प्रभावित भएको बेला यसकाे प्रभाव बाट अति पिडितलाई राहत उपलब्ध गराउने उदेश्यले राहत संकलन गर्न थालिएको हाे ।

जन्मभुमि नेपालमा पिडित बनेका बिपन्न परिवारलाई लक्षित गरि राहत संकलन अभियान सुरु गर्न थालिएको हाे । पाेखरा बाट अष्ट्रेलिया पुगेका नेपालीहरुले स्थापना गरेको पाेखरा समाज अष्ट्रेलियाकाे आयाेजनामा राहत संकलन गर्न थालिएको हाे ।उक्त राहत संकलन कार्यमा सहभागी हुन सबै नेपाली समुदायलाई आयोजकले आह्वान गरेकाे छ ।

आफ्नो देश समाज ,प्रिय आफन्तजनका निम्ति जति सकिन्छ धेरै थोरै सहयोग पुर्याउने छाै , पाेखरा समाजका अध्यक्ष राजकुमार अधिकारीले बताए ।सकभर मजदुर तथा दैनिक ज्यालादारी काम गर्ने अति विपन्नहरुलाई लक्षित गरि राहत संकलन गरिने आयोजकले जनाएको छ ।विपद को बेला मातृभुमीलाई आर्थिक सहयोग जुटाउने उदेश्यले अभियान सुरु गर्न लागिएको र उक्त प्रस्तावलाई बैठकले पारित गरेको सचिव अर्जुन गुरुङ ले जानकारी दिए ।

राष्ट्रिय संकटमा यस्ता खाले महामारी मा देश विदेश मा रहेका सबै नेपाली हरू एक भएर संकट सग जुध्नुपर्ने पाेखराका अष्ट्रेलियाबासिहरु भन्छन ।संस्थाका महासचिव समित केसीले ले मातृभुमी र समाज प्रतिकाे उत्तरदायित्व लाई लक्षित गरि समाज ले चलाएको यो अभियानमा सबैको साथ र सहयोगका निम्ति अनुरोध गरेका छन्।

कोषाध्यक्ष ईश्वर पहारी सदस्यहरू प्रकाश मणि लामिछाने ,कबिराज पौडेल लगायतले यो अभियानलाई प्रभावकारी तवरले सम्पन्न गर्नेमा आफुहरु सबै सग समन्वय गर्ने बताउछन ।