October 28, 2020, Wednesday
२०७७ कार्तिक १३

बिराटनगर बाट थप ८ जना काेराेना संक्रमित डिस्चार्ज

1.1K

विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार थप ८ जना कोरोना जितेर डिस्चार्ज भएका छन । पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ८ जनालाई डिस्चार्ज गरिएको हो । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरे ।

डिस्चार्ज हुने सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमण देखिएका नागरिक हुन् । सोही स्थानमा कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए। डिस्चार्ज भएसँगै विराटनगरबाट छुट्नेको संख्या १४ पुग्नेछ ।

झापाका २, भोजपुरका १ र उदयपुरका ८ गरी कोरोना विषेश अस्पतालमा ३१ जना संक्रमितले उपचार गराइरहेका थिए । उनीहरु डिस्चार्ज भएपनि नियमित चिकित्सकको निगरानी र सावधानीमा रहनुपर्ने अस्पतालले जनाएको छ ।हाल सम्म नेपालमा काेराेना संक्रमितकाे संख्या एक सय एक पुगेको छ ।यस्तै काेराेना संक्रमण बाट निकाे भएर घर फर्कनेकाे संख्या ३० पुगेको छ ।

Recent Update