October 29, 2020, Thursday
२०७७ कार्तिक १३

लकडाउनपछि वुहान र बाँकी चीन पुरानै लयमा फर्किए 

417

फाेटा बिबिसी बाट साभार

विश्वको ठूलो जनसङ्ख्या कोभिड-१९ को सङ्क्रमण रोक्न अझै पनि सामाजिक एकान्तवासमै छ। तर महिनौँ लामो लकडाउनपछि चीनमा भने मानिसहरू काममा फर्किरहेका छन्।नयाँ वर्ष मनाउन वुहानबाट गृहनगर फर्किएपछि गाओ टिङ्गलाई पुराना साथीहरू भेट्ने र महोत्सवका अवसरमा बाहिर गएर खाना खाने उत्साह थियो।
उनी हुबेको प्रान्तीय राजधानीबाट जनावरि २३ मा कडा लकडाउन लगाइनुभन्दा तीन दिनअघि निस्किएकी थिइन्।


त्यसपछि ३४ वर्षिया गाओले वुहानबाट करिब ३०० किलोमिटर पश्चिमस्थित ४० लाख मानिसको बसोबास रहेको सहर इचङ्गको एउटा अपार्टमेन्टभित्रै आफ्ना अभिभावकसँग ६८ दिन बिताउनु पर्‍यो।
उनी भन्छिन्, “हरेक दिन हाम्रो तापक्रम नाप्न मान्छे आउँथे। घरमा आठजना थियौँ। परिवारसँग समय बिताउन पाउँदा राम्रोदुई महिनापछि मार्च २९ मा गाओ काममा फर्किइन्।उनले सुनाइन्, “बाटोमा भेटिएका हरेक मानिसले मास्क लगाएका थिए। त्यसबाहेक सबै कुरा पहिले जस्तै अधिकांश मानिसहरू फोनमै व्यस्त, लाग्थ्यो केही फेरिएकै छैन।”तर कामको परिदृष्यले फरक कथा भन्छ।

        पैसाको समस्या

गाओले वुहानको प्रख्यात किनमेल केन्द्रमा रहेको वान्डा समूहमा काम गर्छिन्। आफ्नो कम्पनीले बनाएको त्यहाँका किनमेल केन्द्रको व्यापारमा मन्दी आएको छ।उनका अनुसार सन् २०१९ मा त्यहाँ दैनिक सरदर ६०,००० मानिस पुग्थे जुन अहिले १०,००० मा झरेको छ। तैपनि उनको जागिर व्यस्त र कठिन खालको छ।उनी राती नौ बजेसम्म कार्यालयमै बिताउँछिन्। बाँकी रहेका काम सक्न उनले सप्ताहन्तमा घरबाटै काम गर्छिन्।उनी भन्छिन्, “यहाँका थुप्रै खाले व्यापारमा अहिले पैसा छैन र भाडा नै तिर्न नसक्ने अवस्था छ। केही बन्द हुँदैछन्।”

        कार्यालयमा नयाँ नियम

चीनमा फेब्रुअरी महिनाका अधिकांश दिन दशौँ लाख जागिरेले घरबाटै काम गरिरहेका थिए। कैयौँको निम्ति त्यो नयाँ अनुभव थियो। अहिले केही कार्यालय फर्किएका छन्।तर घटेको कारोबारका कारण केही कम्पनीहरूले कामको समय र तलब घटाइरहेको बताइन्छ। धेरैले व्यापारलाई पुरानै लयमा फर्काउने प्रयासमा पहिलेभन्दा बढी समय काम गरिरहेका छन्।मानिसहरूलाई खर्च गर्न प्रोत्साहित गर्ने उद्देश्यले चीनभरि नै अधिकारीहरूले अढाई दिन बिदाको प्रस्ताव गरेका छन्।स्वास्थ्य अधिकारीहरूलाई सङ्क्रमणको सम्भावित दोस्रो लहर आउने चिन्ता छ।

कैयौँ कार्यालयका भवन र अपार्टमेन्टहरूमा सुरक्षाकर्मीहरूले त्यहाँ पस्ने मानिसहरूको तापक्रम नाप्ने गर्छन्।गोन्जाओस्थिति चिनियाँ भिडिओ गेम कम्पनीमा काम गर्ने एरियल जुङ मेक्सिकोमा बस्छिन्।उनको एशिया र ल्याटिन अमेरिकाबीच नियमित यात्रा हुन्थ्यो। तर मार्चमा उनी स्वदेश फर्किएर होटलमा क्वारन्टीनमा बसिन्। एक हप्ता घरबाटै काम गरेकी उनी एप्रिल १५ देखि कार्यालय जान थालेपछि केही महत्त्वपूर्ण परिवर्तन देखेकी छन्। विदेश भ्रमणमा जान नपाए पनि जुङ कार्यालयमा गएर काम गर्दा खुशी छिन्।
बिबिसी बाट साभार

Recent Update